शुक्रबार, वैशाख १४, २०८१

'सरकार ! नेपालको आधिकारिक नक्सा सार्वजनिक गर'

भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाली भूमी फिर्ता गर्न माग गर्दै राप्रपा सम्बद्ध जनवर्गीय संगठनहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं - भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायतका नेपाली भूमी फिर्ता गर्न माग गर्दै राप्रपा सम्बद्ध जनवर्गीय संगठनहरुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

बबरमहलबाट सुरु भएको विरोध र्‍याली माइतिघर मण्डलामा पुगेर विरोधसभामा परिणत भएको थियो। भारतद्वारा अतिक्रमण गरेका भूभाग फिर्ता गराउनेतर्फ सरकारले कुनै पहल नगरेको भन्दै सरकारलाई खवरदारी गर्न आयोजित सो विरोधसभामा पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका अध्यक्ष कुन्ति कुमारी शाही, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष प्रकाश रिमाल, ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार बहादुर धमला लगायतका वक्ताहरुले अतिक्रमित नेपाली भूमी तत्काल फिर्ता गर्न माग गर्दै उपरोक्त भूमि समेटिएको नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए।

भारतद्वारा गरिँदै आएको नियमित अतिक्रमण सैह्य नहुने भन्दै वक्ताहरुले वीर पुर्खाले आर्जेको मुलुकको सीमा रक्षाको लागि जस्तासुकै वलिदान गर्न राप्रपा सम्बद्ध राष्ट्रवादीहरु हमेसा तयार रहेको भन्दै यसकाविरुद्ध आम नेपालीहरु एकजुट हुनुपर्ने बताएका थिए। विरोध प्रदर्शनमा सहभागीले 'लिम्पियाधुरा, लिपुलेक र कालापानी भुमि फिर्ता गर, सीमा अतिक्रमण बन्द गर'लगायतका नारा लगाएका थिए। विरोधसभामा भारतद्वारा हालै नेपाली भूमी समेटेर सार्वजनिक गरिएको नक्सा जलाइएको थियो।

प्रकाशित: Nov 27, 2019| 11:55 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।