काठमाडौं - १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपालले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २५-९, २५-९ र २५-११ ले पराजित गर्यो।
सुरुवात देखि नै नेपालले बंगलादेशलाई दबाबमा राखेको थियो। केही साता अघि बंगलादेशमा नै भएको एभिसी वुमन्स सेन्ट्रल जोन भलिबलमा पनि नेपालले बंगलादेशलाई सोझो सेटमै पराजित गरेको थियो। सो प्रतियोगिताको उपाधिसमेत नेपालले हात पारेको थियो।
नेपालले दोस्रो खेल बिहीबार भारतसँग खेल्नेछ। खेल ५ बजे हुनेछ।