शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सामाजिक सुरक्षा कोषः सबैभन्दा बढी प्रदेश–३ का श्रमिक सूचीकृत

सामाजिक सुरक्षा कोषः सबैभन्दा बढी प्रदेश–३ का श्रमिक सूचीकृत

 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको एक वर्षको अवधिमा झण्डै एक लाख १६ हजार श्रमिक योजनामा सहभागी भएका मध्ये प्रदेश नं ३ मा बढी देखिएका छन् ।

triton college

मङ्गलबारसम्म कोषमा एक लाख १५ हजार ६०६ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ । त्यस्तै १० हजार ४७७ प्रतिष्ठानसमेत सूचीकृत भएका छन् । कोषमा १८ करोड १३ लाख दुई हजार ७८१ रुपैयाँ ३१ पैसा योगदान रकम सङ्कलन भएको छ ।

सूचीकृत हुने श्रमिकमा सबैभन्दा बढी प्रदेश नं ३ बाट रहेका छन् । सो प्रदेशबाट ८७ हजार २४२ श्रमिक सूचीकृत भएका छन् । त्यस्तै प्रदेश नं १ बाट १५ हजार ७३५, प्रदेशन नं २ बाट छ हजार ८५२, गण्डकी प्रदेशबाट तीन हजार ११ श्रमिक सूचीकृत भएको कोषले जनाएको छ ।

यस्तै प्रदेश नं ५ बाट दुई हजार २०७ श्रमिक सूचीकृत भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशबाट श्रमिकको सूचीकृत भएको छ । सो प्रदेशबाट अहिलेसम्म जम्मा १५० श्रमिक सूचीकृत भएका कोषले जनाएको छ । यस्ते सुदूरपश्चिम प्रदेशबाट ४०९ श्रमिक कोषमा आबद्ध भएका छन् ।

यसैगरी प्रदेश नं ३ बाट सबैभन्दा बढी सात हजार ४६ प्रतिष्ठान कोषमा सूचीकृत भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट १०५ वटा प्रतिष्ठान कोषमा दर्ता भएका छन् । प्रदेश नं १ बाट एक हजार ७०६, प्रदेश नं ५ बाट ६१०, गण्डकी प्रदेशबाट ४८७, प्रदेश नं २ बाट ४१३ र सुदूरपश्चिम प्रदेशबाट ११० प्रतिष्ठान सूचीकृत भएका कोषले जनाएको छ ।

हालसम्म सूचीकरणमा ६९ जिल्ला समेटिएका छन् ।
रासस

corrent noodles
Metro Mart

प्रकाशित: Nov 27, 2019| 10:33 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्