बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘देउवाजीले ठाडै झुटो बोल्नुभो, हत्केलाले सूर्य छेक्न खोज्‍नुभो’

‘देउवाजीले ठाडै झुटो बोल्नुभो, हत्केलाले सूर्य छेक्न खोज्‍नुभो’

आगामी शनिबार हुन लागेको उपनिर्वाचनका लागि मौन अवधि सुरु हुनुअघि निर्वाचनमा होमिएका सबैजसो राजनीतिक दलले चुनावी सभा आयोजना गरेका छन् ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं। आगामी शनिबार हुन लागेको उपनिर्वाचनका लागि मौन अवधि सुरु हुनुअघि निर्वाचनमा होमिएका सबैजसो राजनीतिक दलले चुनावी सभा आयोजना गरेका छन् ।

triton college

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आज एकैदिन पोखरा, धरान र भक्तपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्दैछन् ।

पोखरामा आयोजित सभालाई सम्बोधन गरेर उनी हेलिकप्टरमा धरान र त्यसपछि भक्तपुर फर्किने कार्यक्रम छ ।

पोखरामा दिउँसो दुई बजे आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवाले टाडै झुटो बोलेको बताए ।

‘यहाँ विपक्षी दलका नेताहरुले गरेको भाषणले पनि हाम्रो विजय सुनिश्चित देखेको छु । देउवाजीले यहाँ पोखरामा ठाडै झेटो बोल्नुभो । हत्केलाले सूर्य छेक्न खोजेको नाटक गर्नुभो, विद्या भट्टराईको जित सुनिश्चित गरिदिनुभो,’ प्रचण्डले भने । देउवाको भाषणप्रति लक्षित गर्दै उनले थपे, ‘के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो मलाई त सुन्न पनि लाज लाग्यो ।’

corrent noodles
Metro Mart

कास्की–२ का कांग्रेस उम्मेदवार खेमराज पौडेललाई वृद्धाश्रम जाने उमेरमा भोट माग्न हिँडेको टिप्पणी प्रचण्डले गरे ।

‘हाम्रा प्रधानमन्त्रीलाई बिदा लिनुपर्छ भन्नेहरूले विचरा ७० वर्षका बूढालाई उम्मेदवार बनाएका छन् । देवघाटतिर जानुपर्ने मान्छेलाई, ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई आफू अघि सार्ने अनि ६५ वर्षको जवानलाई अब आराम गर्नुपर्छ भन्न मिल्छ त ? उनले भने ।

 

प्रकाशित: Nov 27, 2019| 09:05 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।