बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकहरुको ध्यान निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा

बैंकहरुको ध्यान निक्षेप संकलनमा भन्दा कर्जा प्रवाहमा

 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ध्यान निक्षेप संकलन भन्दा पनि कर्जा प्रवाह बढाएर नाफा कमाउनमा केन्द्रित भएको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ प्रतिशतले मात्र बढेको छ भने कर्जा प्रवाह ४.३ प्रतिशतले बढेको छ ।

triton college

गत वर्षको सोही अवधिमा पनि निक्षेप भन्दा कर्जा नै बढी थियो । गत वर्षको असोज मसान्तसम्ममा बैंकहरुले २.४ प्रतिशतले निक्षेप संकलन गरेका थिए भने ७.२ प्रतिशतले कर्जा प्रवाह गरेका थिए ।

२०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.२ प्रतिशत, ३३ प्रतिशत र ४७.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेप क्रमशः ८ प्रतिशत, ३५ प्रतिशत र ४६.२ प्रतिशत रहेको थियो ।

२०७६ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.८ प्रतिशत रहेको छ । २०७५ असोज मसान्तमा यस्तो निक्षेपको अंश ४३.८ प्रतिशत रहेको थियो ।

त्यस्तैगरी तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.२ प्रतिशतले बढेको थियो ।

corrent noodles
Metro Mart

२०७६ असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १३.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

गत वर्षको सोही अवधिमा घरजग्गाको धितोमा ६३.१ प्रतिशत र चालू सम्पत्तिको धितोमा १४.४ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा ७ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ८.९ प्रतिशत, डिमान्ड तथा चालु पुँजी कर्जा ६.२ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.८ प्रतिशत, हायर पर्चेज कर्जा र ओभरड्राफ्ट कर्जा १ प्रतिशतले बढेको छ । मार्जिन प्रकृतिको कर्जा भने ०.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित: Nov 27, 2019| 07:41 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्