मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चुनाव प्रचारप्रसारको आज अन्तिम दिन, कहाँ कसको चुनावी सभा ?

चुनाव प्रचारप्रसारको आज अन्तिम दिन, कहाँ कसको चुनावी सभा ?

 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं– यही मंसिर १४ गते शनिबार हुन लागेको उपनिर्वाचनका लागि आज (बुधबार) प्रचारप्रसारको अन्तिम दिन हो । आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरु प्रचारप्रसारको अन्तिम दौडधुपमा छन् ।

triton college

विशेषगरी प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभातर्फ भक्तपुर–१ (ख), दाङ–३ (ख) र बागलुङ–२ (ख) तथा स्थानीय तहतर्फ धरान उपमहानगरपालिकामा दलहरु केन्द्रित भएका छन् ।

प्रचारप्रसारको अन्तिम दिन आज सबैजसो निर्वाचन क्षेत्रमा चुनावी सभाहरु हुँदैछन् ।

भक्तपुरमा हुने नेकपाको सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए ।

प्रचण्ड आजै चुनावी सभालाई सम्बोधन गर्न धरान र पोखरा पनि पुग्ने बताइएको छ ।

corrent noodles
Metro Mart

चाँगुनारायण नगरपालिका–४ नारायणटारमा दिउँसो २ बजे हुने अन्तिम चुनावी सभामालाई नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले पनि सम्बोधन गर्नेछन् । नेकपाले यो क्षेत्रमा डीपी ढकाललाई उम्मेदवार बनाएको छ ।

भक्तपुरमै कांग्रेसको सभालाई पार्टीका शीर्षनेताहरुले सम्बोधन गर्दैछन् । सोही सभालाई राप्रपा (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दिउँसो १ बजे यातु महादेवसँगैको हेलमेट डाँडामा अन्तिम चुनावी सभाको आयोजना गरिएको कांग्रेस भक्तपुरले जनाएको छ ।

उक्त क्षेत्रमा कांग्रेस र राप्रपा (संयुक्त) ले तालमेल गरेका छन् । राप्रपा (संयुक्त)ले कांग्रेस उम्मेदवार कृष्ण भडेललाई सघाउने सहमति भएको छ ।

राप्रपा (संयुक्त)का उम्मेदवार रामशरण लामिछानेको उम्मेदवारी खारेज भएपछि उसले कांग्रेसलाई सघाउन लागेको हो । लामिछानेको गएको प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फको बन्द सूचीमा भएको देखिएकाले उन उम्मेदवारी दर्ता बदर भएको हो ।

यता, नेमकिपाले पनि दिउँसो ३ बजे कमलविनायक भत्केको पाटीमा अन्तिम चुनावीसभा गर्ने भएको छ । उक्त चुनावीसभामा पार्टी अध्यक्ष नारायणमान बिजुक्छे, सचिव प्रेम सुवाललगायतले सम्बोधन गर्ने तय भएको नेमकिपाले जनाएको छ ।

तीनवटै दलले आफ्नो शक्ति प्रदर्शन गर्न गाउँगाउँबाट र्‍यालीसहित आएर सभा गर्ने र शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

कहाँ कहाँ हुँदैछ उपनिर्वाचन ?

आगामी शनिबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य तथा भक्तपुर निर्वाचन क्षेत्र नं १ को (क), बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख) र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । सम्बन्धित क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका सदस्यको निधनका कारण ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख, पाँचथरको फाल्गुनन्द, सङ्खुवासभाको मकालु, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि उपचुनाव हुँदैछ ।

प्रकाशित: Nov 27, 2019| 04:14 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।