काठमाडौं- च्याम्पियन्स लिगमा टोटेनहमले उत्कृष्ट प्रदर्शन पुनरागमन गर्दै ओलम्पियाकोसलाई पराजित गरेकाे छ। २-० ले पछि परेको टोटेनहमले उत्कृष्ट पुनरागमन गर्दै ४-२ को जित निकालेको हो।
ओलम्पियाकोसका लागि छैटौं मिनेटमा गोल गर्दै युसुफ इल अरबीले अग्रता बनाए। खेलकाे १९ औं मिनेटमा रुबिन सेमेडोले गोल थपे। तर, पहिलो हाफको अन्तिम समयमा टोटेनहमले एक गाेल फर्कायो। डेले अलिले गोल गरेपछि टोटेनहम १-२ काे स्थितिमा पुग्याे।
दोस्रो हाफमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए। त्यस्तै ७३ औं मिनेटमा सर्जी औरियरले र र ७७ औं मिनेटमा ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनहमले ४-२ ले खेल जित्न सफल भयो।
जितसँगै टोटेनहम अघिल्लो चरणमा प्रवेश गरेको छ।