बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पक्राउ पर्ने भएपछि मेडिकल कलेज सञ्चालक पैसा फिर्ता गर्न सहमत

पक्राउ पर्ने भएपछि मेडिकल कलेज सञ्चालक पैसा फिर्ता गर्न सहमत

सरकारले ठगी मुद्दामा पक्राउ गर्ने तयारी गरेपछि निजी मेडिकल कलेजका सञ्चालकहरु विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भएका छन् ।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- सरकारले ठगी मुद्दामा पक्राउ गर्ने तयारी गरेपछि निजी मेडिकल कलेजका सञ्चालकहरु विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न सहमत भएका छन् ।

triton college

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसहित शिक्षा मन्त्रालयकाका अधिकारीहरुसँग भएको दुई घण्टा लामो वार्तापछि मेडिकल कलेज सञ्चालकहरु विद्यार्थीबाट असुलिएको पैसा दिन सहमत भएका हुन् । पैसा फिर्ता गर्ने प्रक्रिया बुधबार (आज) बाट सुरु गरिने भएको छ ।

सहमतिपछि मंगलबार राति नै पत्रकार सम्मेलन गर्दै शिक्षामन्त्री पोखरेलले मेडिकल कलेजहरू शुल्क फिर्ता गर्न वा आवश्यकताअनुसार समायोजन गर्न सहमत भएको जानकारी दिए ।

विद्यार्थी र अभिभावकले बीलका आधारमा गरेको माग दाबी बमोजिम मेडिकल कलेजले शुल्क फिर्ता गर्ने उनले बताए ।

सहमतिअनुसार शैक्षिक वर्ष ०७४/७५ र ०७५/७६ मा सरकारले तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले फिर्ता वा समायोजन गर्ने भएका छन्।

corrent noodles
Metro Mart

शैक्षिक वर्ष ०७२/७३ र ७३/७४ का लागि सम्बन्धित विश्वविद्यालयसँगको समन्वयमा अतिरिक्त शुल्क लिएको वा नलिएका विषयमा चिकित्सा शिक्षा आयोगबाट अध्ययन गर्ने सहमति भएको छ।

सरकारले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ता गर्न असोजमा पहिलो पटक एक महिना त्यसपछि कार्तिकमा १५ दिन र त्यसपछि सोमबार २४ घण्टे अल्मिेटम दिएको थियो ।

तीनपटकसम्म दिएको अल्मिेटममा पैसा फिर्ता गर्न तयार नभएका मेडिक कलेजका सञ्चालकहरु सरकारले ठगी मुद्दामा पक्राउ गर्ने तयारी गरेपछि पैसा फिर्ता गर्न तयार भएका हुन् ।

राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानविन समितिले १२ वटा निजी मेडिकल कलेजहरुले ३ वर्षको अवधिमा ३ अर्ब भन्दा धेरै रकम ठगी गरेको रिपोर्ट सार्वजनिक गरेको थियो । रिपोर्टअनुसार प्रत्येक मेडिकल कलेजले विद्यार्थीहरुसँग करोडमाथि अतिरिक्त शुल्क उठाएका छन् ।

कुन मेडिकल कलेजले कति रकम ठगे ?

गण्डकी मेडिकल कलेज

ठगी : ४३ करोड चार लाख ९० हजार रुपैयाँ

सन् ०१७/१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको ठहर । अदालतमा मुद्दा, कलेजमा तालाबन्दी ।

नोबेल मेडिकल कलेज

ठगी : ३५ करोड ४७ लाख ४४ हजार रुपैयाँ

सन् ०१८ मा भर्नामै प्रतिविद्यार्थी सात लाख ४५ हजार र अन्य शीर्षकमा पनि प्रतिविद्यार्थी १७ लाख ९५ हजार सात सय ३२ रुपैयाँ असुली । ५० पेइङ विद्यार्थीबाट मात्रै १२ करोड ७० लाख २६ हजार ठगी ।

लुम्बिनी मेडिकल कलेज

ठगी : ३२ करोड ९६ लाख ८४ हजार रुपैयाँ

छात्रवृत्तिमा पढ्ने १० विद्यार्थीसँग प्रतिव्यक्ति नौ लाख ७२ हजार अतिरिक्त शुल्क । सन् २०१८ को ब्याचबाट मात्र ६ करोड ३६ लाख २१ हजार ठगी ।

युनिभर्सल मेडिकल कलेज

ठगी : ३२ करोड ७२ लाख ३० हजार रुपैयाँ

सन् २०१६ को ब्याचबाट समग्रमा १२ करोड सात लाख ५० हजार बढी असुली । भर्ना शुल्क बढी लिनुका साथै विभिन्न १५ शीर्षकमा अतिरिक्त असुली । छात्रवृत्ति पाएका विद्यार्थीबाट पनि असुली ।

नेसनल मेडिकल कलेज

ठगी : ३२ करोड ३५ लाख ८१ हजार पाँच सय रुपैयाँ । भर्ना र अन्य शीर्षक थपेर अवैध असुली ।

काठमाडौं मेडिकल कलेज

ठगी : २७ करोड ८१ लाख ६५ हजार १९० रुपैयाँ

सन् ०१८ मा मात्रै ५० पेइङ विद्यार्थीबाट ११ लाख २४ हजार नौ सयका दरले पाँच करोड ६२ लाख ४५ हजार बढी असुली । छात्रवृत्तिका विद्यार्थीबाट प्रतिविद्यार्थी तीन लाख ४१ हजार ठगी ।

नेपालगन्ज मेडिकल कलेज

ठगी : २१ करोड ९१ लाख २५ हजार दुई सय रुपैयाँ

एउटा ब्याचबाट मात्र पाँच करोड २७ लाख ५० हजार बढी असुली । छात्रवृत्तिमा भर्ना भएका १० विद्यार्थीसँग वार्षिक ६३ हजारका दरले ठगी ।

विराट मेडिकल कलेज

ठगी : १९ करोड नौ लाख ३३ हजार रुपैयाँ ।

छात्रवृत्तिमा पढेकाहरूसँग पनि प्रतिविद्यार्थी ६ लाख २५ हजार अतिरिक्त असुली ।

कलेज अफ मेडिकल साइन्सेस

ठगी : १० करोड ६१ लाख ५७ हजार रुपैयाँ

भर्ना शुल्कमै प्रतिविद्यार्थी सात लाख ४५ हजारसम्म बढी असुल । सन् ०१८ मा मात्र ३२ विद्यार्थीबाट दुई करोड ३८ लाख ४० हजार असुली । डेभलपमेन्ट शुल्कका नाममा प्रतिविद्यार्थी वार्षिक दुई लाख ठगी ।

मणिपाल मेडिकल कलेज

ठगी : १० करोड नौ लाख रुपैयाँ

एउटै विद्यार्थीसँग पाँच वर्षमा ८० लाखसम्म ठगी गरेको निष्कर्ष ।

किस्ट मेडिकल कलेज

ठगी : पाँच करोड ९९ लाख ३० हजार रुपैयाँ

अतिरिक्त शुल्क उठाएको भन्दै गत वर्ष विद्यार्थीले प्रशासनमा उजुरी । उजुरी दिने विद्यार्थीलाई परीक्षामा फेल गराइयो, करिअर सकाइदिने धम्की । छात्रवृत्तिमा पढेका ४२ विद्यार्थीसँग समेत प्रतिविद्यार्थी चार लाखका दरले एक करोड ६८ लाख अतिरिक्त असुली ।

देवदह मेडिकल कलेज

ठगी : ३ करोड ८९ लाख ९४ हजार रुपैयाँ

भर्ना शुल्क मात्रै प्रतिविद्यार्थी चार लाख ५७ हजार आठ सय ठगी । भर्ना र अन्य शीर्षकमा गरी प्रतिविद्यार्थी ८ लाख ७७ हजारसम्म अतिरिक्त असुली ।

चितवन मेडिकल कलेजले विवरण दिन मानेन, तर ठगी अरूजस्तै

 

 

प्रकाशित: Nov 27, 2019| 01:39 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।