शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओली भेन्टिलेटरमा, कस्तो छ स्वास्थ्य अवस्था ?

प्रधानमन्त्री ओली भेन्टिलेटरमा, कस्तो छ स्वास्थ्य अवस्था ?

‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकहरुले ..
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले प्रधानमन्त्री केपीशर्मा ओलीको स्वास्थ्य अवस्थाको विषयलाई मुख्य समाचार बनाएका छन् ।

triton college

कान्तिपुर दैनिकले प्रधानमन्त्री भेन्टिलेटर शीर्षकमा मुख्य समाचार छापेको छ भने नयाँ पत्रिकाले सघन उपचारमा प्रधानमन्त्री शीर्षकमा खबर लेखेको छ ।

अन्नपूर्ण पोस्ट्ले प्रधानमन्त्रीको स्वास्थ्य स्थिरः केहि दिन अस्पतालमै शीर्षकमा खबर छापेको छ भने नागरिक दैनिकले प्रधानमन्त्री ओली केहि दिन अस्पतालमै शीर्षकमा खबर लेखेको छ ।

कान्तिपुरले लेखेको छ- ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलीको सघन उपचार भइरहेको छ । प्रधानमन्त्रीलाई भर्ना गरी राखिएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार उनको अहिलेको स्वास्थ स्थिति ‘स्थिर’ छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान करिब ९ बजे अस्पताल र्पुयाइएको थियो। विशेषज्ञ चिकित्सकको टोलीले परिक्षण गर्दा उनलाई ‘एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) समेत देखिएपछि लगत्तै ‘ल्यापरोटोमी (पेटलाइ पुरा चिरेर गरिने शल्यक्रिया)’ र ‘एपेन्डेक्टोमी (एपेन्डिसाइटिस हटाउने शल्यक्रिया)’ गरिएको थियो।

corrent noodles
Metro Mart

शल्यक्रियापछि ओलीलाई ‘आइनोटोपिक सपोर्ट’ (रक्तचापलाई नियन्त्रणमा राख्ने औषधि) पनि दिइएको छ। यस अन्तर्गत उनलाई रक्तचाप बढाउने तीनथरी औषधि दिइएको छ।

उपचारमा संलग्न चिकित्सकहरुले उनलाई केहिबेर भेन्टिलेरमा राखेर पछि बाहिर निकाल्ने योजना बनाएका थिए। अहिले प्रधानमन्त्रीलाई ‘ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक’ (विभिन्न प्रकारका संक्रमणहरूमा प्रभावकारी हुने औषधी) दिइएको छ।

प्रधानमन्त्रीको मंगलबार राती नै डायलसिस पनि गर्ने तयारी गरिएको अर्का चिकित्सकले जनाए।

अस्पताल पुग्नु अघि नै प्रधानमन्त्रीको एपेन्डिक्स फुटेको थियो/थिएन भन्नेबारे अस्पतालले केही खुलाएको छैन। उनको उपचार प्रकृया र शारिरीक स्थितिलगायतको विश्लेषणका आधारमा केहि विशेषज्ञले अस्पताल पुग्नु अघि नै एपेन्डिक्स फुटेको आशंका गरेका छन्।

यता नयाँ पत्रिकाले लेखेको छ- ओलीको एपेन्डिक्स फुटेको भनेर आएको समाचारलाई डाक्टरले निराधार भनेका छन् । ‘एपेन्डिक्स फुटेको होइन, संक्रमित भएको हो । त्यो संक्रमण पेटमा पनि फैलिएको हो ।

एक साता यता निकै दौडधुपमा रहेका प्रधानमन्त्री ओली मंगलबार बिहान अचानक पेट दुखेपछि टिचिङ अस्पताल पुगेका थिए । चिकित्सकले एपेन्डिसाइटिस’का साथै पेरिटनाइटिस (पेटको संक्रमण) देखिएपछि बिहान ११ बज्दानबज्दै अप्रेसन सुरु गरेका थिए ।

एपेन्डिक्स मात्रै भएको भए भुँडीमा प्वाल बनाएर दूरबिनको माध्यमबाट अप्रेसन गर्न सकिन्छ । तर, प्रधानमन्त्री ओलीलाई पेरिटोनाइटिस भएको हो ।

अर्थात् संक्रमण धेरैतिर फैलिएको थियो । त्यसैले ल्याप्रोस्कोपी प्रविधिबाट प्वाल बनाउनुको सट्टा ल्यापाराटोमी प्रविधिबाट परम्परागत रूपमा पेट चिरेर अप्रेसन गरिएको थियो ।

यसका लागि उनलाई ‘एनेस्थेसिया’ दिएर पूर्ण रूपमा बेहोस बनाइएको थियो । ‘पेटमा संक्रमण कति फैलिएको छ भन्ने यकिन थिएन, त्यसैले सम्पूर्ण रूपमा हेर्नका लागि परम्परागत प्रविधि प्रयोग गरियो ।

संक्रमण भएको एपेन्डिक्स निकालियो, वरिपरिको संक्रमण पनि ‘वास’ गरियो अर्थात् पखालियो । करिब ४५ मिनेटमा यो प्रक्रिया सकियो,’ डाक्टरले भने ।

अप्रेसन गरिएकाले उनलाई एन्टिबायोटिक औषधि चलाइएको छ । यो औषधिले उनको अप्रेसन गरिएको घाउ निको हुने मात्र होइन, पेरिटोनाइटिसका रूपमा पेटमा फैलिएको संक्रमण पनि नियन्त्रण गर्ने डाक्टरहरूको अपेक्षा छ ।

तर, प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाले सुधार कसरी हुन्छ भन्ने विषयमा डाक्टरहरूले यकिन दाबी गर्न सकेका छैनन् ।

मध्यरातसम्म प्रधानमन्त्रीको स्वास्थ्य स्थिर छ । ‘यो भनेको थप बिग्रिएको छैन भनिएको हो, सुधारका लागि त प्रतीक्षा नै गर्नुपर्छ, तर रातिसम्म उहाँको ब्लडप्रेसर नियन्त्रणमा छ, पिसाब ठीक छ र अन्य सूचक पनि ठीक छन्,’ डाक्टरले भने, ‘बुधबार बिहान रगत, पिसाबसहित स्वास्थ्य जाँच हुनेछ ।

संक्रमण नियन्त्रण भयो कि भएन भनेर त्यसपछि मात्र यकिन हुनेछ । यो संक्रमण निको भएमा प्रधानमन्त्रीले आराम गरे पुग्छ, मिर्गौला प्रत्यारोपण गर्न कुनै समस्या हुँदैन ।’

प्रकाशित: Nov 27, 2019| 01:02 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।