बिहीबार, वैशाख १३, २०८१

सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि

कैलालीको धनगढीमा मंसिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुने भएको छ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

धनगढी - कैलालीको धनगढीमा मंसिर २२ देखि पुस २ गतेसम्म सुदूरपश्चिम महोत्सव हुने भएको छ।

triton college

प्रदेशको पर्यटन, कृषि, व्यापार, औद्योगिक सम्भावनाको प्रबद्र्धन तथा संस्कृति संरक्षण गर्ने उद्देश्यले कैलाली उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो। संघीय प्रहरी इकाई कार्यालयको मैदानमा सञ्चालन हुने महोत्सवमा व्यापारिक, कृषि, रेस्टुरेन्टलगायत ३ सय स्टल रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

२०६३ साल बाट निरन्तर हुँदै आएको महोत्सवले यस क्षेत्रको आर्थिक एवम् सामाजिक रुपान्तरण र सांस्कृतिक संरक्षणमा उल्लेख्य भुमिका निर्वाह गर्दै आएको आयोजकको दाबी छ।

यो वर्षको महोत्सव करिब तीन लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। उनले यस वर्षको महोत्सवले स्थानीय उत्पादन र महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने नीति लिएको जानकारी दिए।

महोत्सव अवधिभर करिब एक करोड दुई लाख ४५ हजार रुपैयाँ बराबरको आर्थिक कारोबार हुने संघले जनाएको छ। यसैगरी, महोत्सव आयोजनाका लागि ६३ लाख ९० हजार रुपैयाँ खर्च हुने जनाइएको छ। महोत्सवको तयारी तिव्र रुपमा अगाडि बढाइएको संघका महासचिव ओम विष्टले बताए। महोत्सव प्रवेश टिकटबाट संकलित रकमको १० प्रतिशत रकम सामाजिक कार्यमा लगाइने आयोजकले जनाएको छ।

‘समृद्ध सुदूरपश्चिमका लागी आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने छ। महोत्सवको सम्पूर्ण तयारीका लागि २६ उपसमिति गठन गरिएको संघका वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझाले जानकारी दिए।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 26, 2019| 15:02 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।