शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नासुले कुम्ल्याए १२ वर्षमा साढे १९ करोड, परिवारका सदस्यसहित ९ जनाविरुद्ध मुद्दा

नासुले कुम्ल्याए १२ वर्षमा साढे १९ करोड, परिवारका सदस्यसहित ९ जनाविरुद्ध मुद्दा

 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं- सरकारले गएको जेठमा समायोजन गरेको सरकारी कर्मचारीको तलबमानअनुसार नायब सुब्बा (नासु) को मासिक तलब २८ हजार २०० रुपैयाँ हो।

triton college

यसअनुसार एकजना नासुको एक वर्षको तलब ३ लाख ३८ हजार ४०० रुपैयाँ हुन्छ। त्यसअघि नासुको तलब २३ हजार ५०० रुपैयाँ थियो। २०६४ सालमा भने नासुको तलब १६ हजारको हाराहारीमा मात्र थियो।

०६४ सालमा नासु भएका एक कर्मचारीले १२ वर्षमा कति कमाए होलान् ? मालपोत कार्यालयका एक नासुले यो अवधिमा १९ करोडभन्दा बढी कमाएको देखिएको छ।

मंगलबारमात्र मालपोत कार्यालय सिमराका एक नायब सुब्बाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ । करिब १५ करोड रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको अभियोगमा नासु मदनप्रसाद गुप्ताविरुद्ध अख्तियारले मुद्दा हालेको हो ।

पदको दुरुपयोग गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा गुप्तासँग स्रोत नखुलेको १४ करोड ८१ लाख ८९ हजार रुपैयाँ बराबरको सम्पत्ति भेटिएको अख्तियारले जनाएको छ ।

corrent noodles
Metro Mart

गुप्तासहित उनको परिवारका अन्या ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

गुप्तासँग रहेको १९ करोड ३६ लाख ६१ हजार रुपैयाँबराबरको सम्पत्तिमध्ये वैध आम्दानी ४ करोड ५४ लाख ७२ हजारमात्र देखिएको अख्तियारको अनुसन्धानबाट देखिएको छ ।

गुप्ताले आफू तथा आफ्नो परिवारका सदस्यलगायत अन्य व्यक्तिहरुका नाममा घरजग्गा तथा सवारीसाधन किनेको र विभिन्न व्यवसायमा लगानी गरेको पाइएको अख्तियारले जनाएको छ।

गुप्ताले परिवारका सदस्यहरुका नाममा घर खरिद तथा निर्माणमा चार करोड आठ लाख ५१ हजार रुपैयाँ र जग्गा खरिदमा ९० लाख १४ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा चुक्तामा तीन करोड २७ लाख ४५ हजार रुपैयाँ र सवारी साधन खरिदमा २७ लाख ६२ हजार रुपैयाँ खर्च गरेको देखिएको छ ।

पार्वती स्टेशनरी, गायत्री निशान अटो प्रालि र नेपाल रोडसाइड एसिस्टेन्स नामक व्यवसायमा रु. ७१ लाख लगानी गरेको देखिएको अख्तियारले जनाएको छ।

४३ लाख रुपैयाँ सापटी तिरेको, पारिवारिक लालनपालन तथा छोराको विवाहमा ६१ लाख रुपैयाँ खर्च गरेको विवरण गुप्ताले अख्तियारमा पेश गरेका छन् ।

कविता कुमारी, राजेशकुमार गुप्ता र इन्दिरा देवी काफ्लेलगायत नाममा दर्ता गरेका घर तथा जग्गामा पाँच करोड २७ लाख रुपैयाँ लगानी गरेको देखिएको छ ।

यस्तै, निरजकुमार गुप्ताको नाममा ४० लाख रुपैयाँको जिप खरिद गरेको देखिएको छ भने राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प) मा ४० लाख लगानी गरेको पाइएको छ ।

नासु गुप्ता र उनका नातेदार एवं समबद्ध व्यक्तिहरुका नाममा विभिन्न बैंकका खातामा दुई करोड ८५ लाख २८ हजार रुपैयाँ ब्यालेन्स देखिएको अख्तियारले जनाएको छ।

०४७ असारमा मालपोत कार्यालय मुस्ताङबाट खरिदार पदमा सेवा प्रवेश गरेका गुप्ता ०६४ सालमा नायव सुब्बा पदमा बढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुखको रुपमा कार्यरत रहेको खुलेको छ।

अख्तियारले गुप्तालगायत ९ जनाविरुद्ध १४ करोड ८१ लाख ८९ हजार बराबरको बिगो मागदाबी गरेर मुद्दा हालेको छ।

अख्तियारले नासु मदनप्रसाद गुप्ता, उनकी श्रीमती रिता देवी, छोराहहरु विक्की गुप्ता र रकी गुप्ता, कविता कुमारी, निरजकुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरु सबै गुप्ताका परिवारका सदस्य तथा नातेदार भएको बताइएको छ ।

त्यसो त अत्यधिक भ्रष्टाचार हुने सरकारी अड्डाको सूचीमा पर्छ मालपोत । केही समय यता मालपोत कार्यालयमा भएका ठूला भ्रष्टाचारका घटना सार्वजनिक भइरहेका छन् ।

माफियासँग मिलेर कर्मचारीले सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, नक्कली जग्गाधनी खडा गर्ने, मनपरी कित्ताकाट गर्ने, मठमन्दिर, गुठी, विद्यालय, सामुदायिक वनको जग्गा व्यक्तिको नाममा सार्ने लगायत अनियमितता मालपोतमा हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हालैको अध्ययनले देखाएको छ।

अध्ययनअनुसार मालपोत र नापीमा कुल भ्रष्टाचारको ६५.५ प्रतिशत भ्रष्टाचार हुन्छ।

मालपोत कार्यालयमा हुने भ्रष्टाचार रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेला–बेलामा अपरेसन पनि चलाउँदै आएको छ । तर पनि भ्रष्टचार रोकिएको छैन।

प्रकाशित: Nov 26, 2019| 11:25 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।