शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • निर्माण व्यवसायी दोस्रो दिन पनि धर्नामा, बोलपत्र बहिस्कारसम्मको आन्दोलन

निर्माण व्यवसायी दोस्रो दिन पनि धर्नामा, बोलपत्र बहिस्कारसम्मको आन्दोलन

 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

triton college
corrent noodles
Metro Mart

काठमाडौं । म्याद थप, बैंक क्रेडिट लाइनलगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले मंगलबार बिहान दोस्रो दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएको छ । धर्ना झण्डै एक घण्टा चलेको थियो ।

धर्नामा सहभागी व्यवसायीहरुले व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौं, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर लगायतका नारा लेखिएको प्ला कार्ड बोकेका थिए । माग सम्बोधनका लागि सरोकारवाला अन्य निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनुपरेको महासंघले जनाएको छ ।

महासंघले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको छ । निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आफूहरु समक्ष आन्दोलनको विकल्प नरहेको अध्यक्ष सिंहको भनाइ थियो ।

प्रकाशित: Nov 26, 2019| 08:11 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्