बुधबार, वैशाख १२, २०८१

अत्यधिक रक्तश्रावले सुत्केरीको ज्यान गयो

 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

बाजुरा । बाजुरामा एक सुत्केरीको अत्यधिक रक्तश्रावका कारण ज्यान गएको छ। जगन्नाथ गाउपालिका–५ गोत्री सामुदायिक ईकाई केन्द्रमा सोमबार दिउँसो सुत्केरीको मृत्यु भएको हो।

triton college

मृत्यु हुनेमा जगन्नाथ– ६ गोत्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पतालले जनाएको छ। जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले घरमै सुत्केरी भएकी रावलको साल अड्किएपछि अत्यधिक रक्तश्रापका कारण मृत्यु भएको जानकारी दिए।

रावललाई बेहोस अवस्थामा सामुदायिक स्वास्थ्य इकाई गोत्री पुर्याइएको स्वास्थ्य इकाईमा कार्यरत अमर बुढाले बताए। साल निकालिएपछि रगत रोकिए पनि एक्कासी मृत्यु भएको बुढाले बताए।

भदौ यतामात्र रक्तश्रावबाट बाजुरामा तीन सुत्केरीको ज्यान गएको छ।

प्रकाशित: Nov 26, 2019| 07:07 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।