बिहीबार, वैशाख १३, २०८१

एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना

 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं। एनसेलले ‘रिचार्जमा चमत्कार’ नामक योजना ल्याएको छ । कम्पनीले टिभी कार्यक्रम र आफ्नो फेसबुक पेजमार्फत् पाँच भाग्यशाली कोडहरुको घोषणा गरेको छ । यसरी घोषणा गरिएका प्रत्येक कोड नम्बरबाहक एनसेल ग्राहकले जनही २ लाख नगद पुरस्कार जितेका छन् ।

triton college

आफ्नो कष्टमर लोयल्टी योजना अन्तर्गत एनसेलले ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १ गतेदेखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक ग्राहकले प्रत्येक हप्ता २ लाख र प्रत्येक महिना १० लाख जित्ने मौका पाउँछन् ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकले हप्तामा १०० वा त्योभन्दा बढीको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने कम्पनीले जनाएको छ । योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने बताइएको छ ।

 

प्रकाशित: Nov 26, 2019| 03:44 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्