काठमाडौं– सरकारले एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली महिला भलिबल टिमलाई आज (सोमबार) सम्मान गर्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीलाई नगदसहित सम्मान गर्न लागेका हुन्। सरकारले यसअघि नै उपाधि विजेता खेलाडीलाई जनही तीन लाख रूपैयाँ दिने घोषणा गरिसकेको छ।
नेपाली महिला भलिबल टिमले गत कात्तिक २८ मा बंगलादेशमा सम्पन्न प्रतियोगितामा ऐतिहासिक उपाधि जितेको थियो। नेपालले फाइनलमा माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ ले हराएको थियो।
त्यसअघि प्रतियोगिताको लिग चरणको खेलमा नेपालले अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो।