शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • वीरको जग्गा व्यक्तिको नाममा, छानबिन प्रतिवेदन लुकाइयाे

वीरको जग्गा व्यक्तिको नाममा, छानबिन प्रतिवेदन लुकाइयाे

वीर अस्पतालको देशभर १४ हजार रोपनी जग्गा रहेकोमा काठमाडौं उपत्यका भित्रका महत्वपूर्ण स्थानका जग्गा व्यक्तिको नाममा पुगेकाे छ । छानबिन समितिले २०६७ सालमै प्रतिवेदन बुझाएपनि उक्त प्रतिवेदन गोप्य राखिएको छ ।
 |  मंगलबार, मंसिर १०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १०, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

triton college

केहि पत्रपत्रिकाले मेडिकल कलेज सञ्चालकको ठगी धन्दा र सरकारको चेतावनीलाई मुख्य समाचार बनाएका छन् भने केहिले उपनिर्वाचनको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

केहि पत्रपत्रिकाले प्रधानमन्त्रीले मन्त्री र सचिवलाई काम नगर्ने ठेकेदारको जमानत जफत गर्न निर्देशन दिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

आजको नागरिक दैनिकले भने वीर अस्पतालको जग्गा व्यक्तिले खाएको विषयलाई मुख्य समाचार बनाएको छ । वीरको देशभर १४ हजार रोपनी जग्गा रहेकोमा काठमाडौं उपत्यका भित्रका महत्वपूर्ण स्थानका जग्गा व्यक्तिको नाममा रहेको समाचारमा जनाइएको छ ।

वीरको जग्गा छानबिनका लागि गठन गरिएको समितिले २०६७ सालमै प्रतिवेदन बुझाएपनि उक्त प्रतिवेदन गोप्य राखिएको छ । प्रतिवेदनमा वीरको जग्गा व्यक्तिले खाएको उल्लेख छ । तर, उक्त प्रतिवेदनमा उल्लेख भएबमोजिम जग्गा फिर्ता ल्याउन छाडेर फेरि अर्को समिति गठन गरिएको समाचारमा उल्लेख छ ।

corrent noodles
Metro Mart

यस्तै नागरिकले मनपरी शुल्क लिने मेडिकल कलेजका सञ्चालकहरुलाई जेल जान तयार रहन भन्दै शिक्षामन्त्रीले दिएको चेतावनीलाई पनि प्राथमिकताका साथ छापेको छ । सरकारले प्रहरीलाई मेडिकल कलेजका सञ्चालकहरु पक्राउ गर्न निर्देशनसमेत दिएको छ।

अन्नपूर्ण पोस्ट्ले पनि मेडिकल कलेजका सञ्चालकहरुको मनपरीलाई मुख्य समाचार बनाएको छ ।

सरकारले पटक पटक दिएको अल्टिमेटममा समेत विद्यार्थीको पैसा फिर्ता मेडिकल कलेजहरुले फिर्ता गरेका छैनन् । उनीहरु अटेरी बनेर बस्दासमेत अहिलेसम्म सरकारले कारबाही गर्न नसकेको समाचारमा उल्लेख छ ।

आजको कान्तिपुरले भने प्रधानमन्त्रीले मन्त्री र सचिवलाई काम नगर्ने ठेकेदारको जमानत जफत गर्न निर्देशन दिएको विषयलाई मुख्य समाचार बनाएको छ । सधैँ यस्तै मनपरि नचल्ने भन्दै प्रधानमन्त्रीले काम नगर्ने ठेकेदारविरुद्ध आक्रामक हुन निर्देशन दिएका हुन् ।

आजको नयाँ पत्रिकाले भने उपनिार्वाचनको रस्साकस्सीलाई मुख्य समाचार बनाएको छ । उपनिर्वाचनः मौका परिक्षा शीर्षकमा खबर लेखेको उसले कुन स्थानमा कति उम्मेद्वार र उनीहरुले यसअघि ल्याएको मत कति भनेर लेखाजोखा समेत गरेको छ ।

वीरको जग्गा व्यक्तिको नाममा: प्रतिवेदन गुपचुप राखी फेरि छानबिन समिति

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएकोे ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अर्को समिति गठन गरेको छ।

तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ हजार रोपनीमध्ये काठमाडौं उपत्यकाभित्र महत्वपूर्ण स्थानमा रहेको जग्गा व्यक्तिको नाममा रहेको उल्लेख छ। न्याम्सले त्यो प्रतिवेदन कार्यान्वयनमा नलगी त्यही प्रकृतिको काम गर्न अर्को समिति गठन गरेको हो।

मानन्धर नेतृत्वमा गठित समितिले २०६७ साल साउन २४ गते वीर अस्पताल प्रशासनलाई बुझाएको प्रतिवेदनमा काठमाडौं उपत्यकाभित्र करिब डेढ सय रोपनी र उपत्यका बाहिर ५० रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा रहेको औंल्याइएको छ।

उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरका नुवाकोट, मकवानपुरलगायतका जिल्लामा अस्पताल गुठीको नाममा रहेको जग्गा व्यक्तिको कब्जामा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।

बाँकेमा रहेको करिब साढे १३ हजार रोपनी जग्गाको अवस्थाबारे भने प्रतिवेदनमा केही खुलाइएको छैन। त्यो जग्गा खोज्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले विशेष कार्यदल गठन गर्नुपर्ने र अख्तियारलगायतका निकायको पनि साथ लिनुपर्ने सुझाव दिएकाे थियाे ।

 

प्रकाशित: Nov 26, 2019| 01:04 मंगलबार, मंसिर १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।