शुक्रबार, वैशाख ७, २०८१

कान्तिपुर मलद्वारा विजेतालाई उपहार वितरण

काठमाडौंको गोंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं – काठमाडौंको गोंगबुमा रहेको कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका विजेतालाई उपहार हस्तान्तरण गरेको छ। सोमबार एक कार्यक्रमकाबीच उपहार हस्तान्तरण गरिएको हो।

triton college

प्रथम उपहार सर्लाहीका दिप्शन वस्नेतले १ सय ५० सिसिको यमाहा एफजेड एफआइ भिथ्रि मोटरसाइकल जितेका छन्। उनी मात्र १८ महिना का छन्। उनका अविभावकले किनमेल गर्दा उनले मोटरसाईकल जितेका हुन्। यस्तै द्वितिय पुरस्कार काठमाडौंकी अनुराधा ज्ञवालीले यामाहाकै १ सय ५० सिसिको एफजेड एफआइ भिटु मोटरसाइकल जितेकी छिन्। तेस्रो पुरस्कार काठमाडौंका अनिरूद्र जंग केसीले यमाहाको १ सय ३३ सिसिको एफजेड एफआइ भिटु स्कुटर जितेका छन्।

यसैगरी चौथो पुरस्कार बुटवल सुख्खानगरका प्रमिरा बस्नेतले एलजीको ४३ इन्च टिभि जित्न सफल भएकी छिन्। पाँचौ पुरस्कार नुवाकोटका टिकाराम विश्वकर्माले ३२ इन्चको एलइडी टिभि जित्न सफल भए। यस्तै छैठौँ उपहारमा माछापोखरी काठमाडौंका रंजितकार्कीले एलजीको १ सय ९० लिटरको फ्रिज जित्न सफल भए। बुढानिलकण्ठका लोनिभा खड्काले सामसुङको मोबाईल जित्न सफल भइन्। सान्तना पुरस्कारमा विभिन्न्न ५ जना व्यक्तिले निमाको घडी जित्न सफल भए।

उपहार हस्तान्तरण कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले दशैँतिहारमा सञ्चालित कार्यक्रम उत्साहजनक ढंगबाट सम्पन्न भएको बताए। कान्तिपुर मलले हरेक वर्ष दशैँतिहारमा उपहार योजना सञ्चालन गर्दै आएको छ।

प्रकाशित: Nov 25, 2019| 13:10 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्