शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • घरेलु महासंघ र सिटिइभिटीबीच सीपमूलक तालिमका लागि पाठ्यक्रम निर्माण गर्ने सम्झौता

घरेलु महासंघ र सिटिइभिटीबीच सीपमूलक तालिमका लागि पाठ्यक्रम निर्माण गर्ने सम्झौता

लघु, घरेलु तथा साना उद्योगहरूमा सीपमूलक तालिमलाई आवश्यक पाठ्यक्रम निर्माणका लागि नेपाल घरेलु महासंघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बीच सम्झौता भएको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं- लघु, घरेलु तथा साना उद्योगहरूमा सीपमूलक तालिमलाई आवश्यक पाठ्यक्रम निर्माणका लागि नेपाल घरेलु महासंघ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) बीच सम्झौता भएको छ।

triton college

सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण, उत्पादन तथा रोजगारी सम्बन्धमा गरिएको सहमतिका लागि महासंघका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र सिटिइभिटीका तर्फबाट सदस्यसचिव डा. पुष्परमण वाग्लेले सोमबार राजधानीमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

संघ/प्रदेश/स्थानीय तह स्तरीय जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन  गर्ने, कार्यस्थलमा आधारित सीप विकास तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्न परिषद् केन्द्रीय/प्रदेश कार्यालय तथा महासंघको पालिका/जिल्ला/प्रदेश/केन्द्रीयस्तरमा आवश्यकताअनुसार समन्वय हुने गरी गर्ने व्यवस्था मिलाउने सम्झौतापत्रमा उल्लेख छ।

तालिम प्रदायक शिक्षण संस्थाहरु/शिक्षालयहरु मार्फत् सञ्चालित कार्यस्थलमा आधारित सीपमूलक तालिम कार्यक्रमहरूका प्रशिक्षार्थीहरुलाई महासंघका सदस्य उद्योग/व्यवसायहरूमा कार्यस्थल प्रशिक्षणको अवसर प्रदान गर्नुका साथै कार्यस्थलमा आधारित सीपमुलक तालिम कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सदस्य उद्योगलाई कार्यस्थलमा आधारित सीप प्रशिक्षण प्रक्रिया, दायित्व, जिम्मेवारीबारे अभिमुखीकरण प्रदान गर्ने पनि सम्झौतामा उल्लेख छ।

औद्योगिक प्रशिक्षार्थी तालिमका लागि उद्योग पहिचान, औद्योगिक प्रशिक्षण र आवश्यक सहकार्यका लागि महासंघले सहयोग गर्ने भएको छ। कार्यस्थलमा आधारित तालिम कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक देखिएका नीतिगत सुधारका लागि सम्बन्धित निकायहरुमा संयुक्त पहल गर्ने पनि सम्झौतामा उल्लेख छ।

corrent noodles
Metro Mart

नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगहरु र महिला तथा युवाद्वारा सञ्चालित उद्यम व्यवसायमा आवश्यक सीपयुक्त प्राविधिक जनशक्तिको माग प्रक्षेपण र सीपको आवश्यकता पहिचान गरी कार्यस्थलको सिकाइका माध्यमबाट जनशक्तिको उत्पादन तथा रोजगारी सुनिश्चिततामा सम्झौताले राम्रो नतिजा दिने अपेक्षा गरिएको छ।

सहमति कार्यान्वयनले व्यवसायमा सीपमुलक जनशक्ति उपलब्ध भई उद्योगको स्तरोत्रति हुने र बेरोजगारी समस्या क्रमशः हल हुने अपेक्षा पनि गरिएको छ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु घरेलु तथा साना उद्योगहरुमा सीपयुक्त जनशक्ति नभएसम्म यस्ता उद्योग फस्टाउन नसक्ने बताए। उद्योग फस्टाउन नसकेसम्म देश समृद्घ बन्न नसक्ने उनको भनाइ थियो।

सिटिइभिटीका सदस्य सचिव डा. वाग्लेले सम्झौता कागजमा मात्रै सीमित हुन नहुनेमा जोड दिँदै उद्योगलाई कस्तो खालको कामदार आवश्यकता पर्छ त्यसै अनुरूपको जनशक्ति तयार गरिने बताए।

उद्योग र त्यसमा काम गर्ने कामदारका लागि सम्मानजनक रूपले काम गर्ने वातावरण बनाउन सम्झौताले भूमिका खेल्ने उनको भनाइ थियो।

प्रकाशित: Nov 25, 2019| 13:07 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्