शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कृषि विकास बैंकका तत्कालिन शाखा प्रवन्धकसहित ८ जनाविरुद्ध मुद्दा

कृषि विकास बैंकका तत्कालिन शाखा प्रवन्धकसहित ८ जनाविरुद्ध मुद्दा

कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा प्रबन्धक भरतबहादुर बानियाँसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

काठमाडौं - कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका शाखा प्रबन्धक भरतबहादुर बानियाँसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

triton college

शाखा अधिकृत केदारप्रसाद गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानुनी तवरबाट ३३ करोड ९३ लाख रकम हिनामिना गरि बैंकलाई हानिनोक्सानी पुर्‍याएको भन्दै अख्तियारले सोमबार मुद्दा दायर गरेको हो।

अख्तियारले आठै जनालाई जनही ३३ करोड ९३ लाख बिगो मागदाबी गर्दै मुद्दा दायर गरको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

शाखा अधिकृत गौतमले झुठा विवरण तथा नक्कली नागरिकता बनाई रेमिटबाट आएको फर्जी कारोबार देखाई जम्मा गरेको तथा बैंकका विभिन्न शाखा कार्यालयहरुबाट र अन्य बैंकहरु ईसिसि मार्फत भुक्तानी लिने, नक्कली नाम तेज बहादुर थापा खडा गरेको अख्तियारले जनाएको छ। गौतमले तेजबहादुरका नामबाट नागरिकता तथा राहदानी बनाई विदेश फरार हुने योजनाअनुरुप भारतमा गई बसेको तथा योजनाबद्ध ढङ्गबाट पासवर्ड चोरी गरी कार्यालय समयदेखि वाहेकका समयमा बैकिङ्ग प्रणालीको दुरुपयोग गरेर रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।

गौतमकी पत्नी सम्झना पोखरेलले पतिले बैंकबाट अनियमित तवरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको र उक्त कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको भन्दै अख्तियारले उनीविरुद्ध पनि मुद्दा दायर गरेको छ। यस्तै गौतमकी कान्छी पत्नी जेनी श्रेष्ठले आफ्नो पतिलाई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदा–हुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको भन्दै उनीविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

corrent noodles
Metro Mart

श्रेष्ठले बैंकिङ्क कसुर गरि प्राप्त रकमबाट गाडी खरिद गरेको, सुमन भुजेल जग्गाको कारोवारमा संलग्न रहेको, सन्दीप गुप्ताले केदारप्रसाद गौतमको बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुका साथै भारत पठाउनसमेत सहयोग गरेको अख्तियारले जनाएको छ।

यस्तै सूर्यबहादुर लिम्बुले वसन्त राई भनी किर्ते नागरिकता बनाई गौतमले बैंकबाट अनियमित तवरले निकालेको रकम बैंकको खातामा जम्मा गरिदिनुका साथै भारत पठाउनसमेत सहयोग गरेको, कृष्णहरि थापाले राजीव थापाको नाममा नक्कली नागरिकता बनाएको भन्दै उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको मागदाबीसहित मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।

बाँनियाले शाखा प्रबन्धकको हैसियतले बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गम्भीरतापूर्वक वहन नगरेको अख्तियारको ठहर छ।

अमिन घुससहित पक्राउ

काठमाडौं शंखरापुर नगरपालिका–७ साँखुस्थित नापी कार्यालयमा कार्यरत अमिन सुशिल बुढाथोकीलाई सेवाग्राहीबाट लिएको चार हजार घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Nov 25, 2019| 12:58 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।