काठमाडौं- युएईमा भएको टी-१० क्रिकेट लिगको उपाधि मराठा अरेबियन्सले जितेको छ।
आइतबार राति सम्पन्न फाइनलमा उसले डेकन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै अरेबियन्सले उपाधि जितेको हो।
ग्लाडियटर्सले दिएको ८८ रनको लक्ष्य अरेबियन्सले ७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। अरेबियन्सको जितमा चाड्विक वाल्टनले अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले। यस्तै, क्रिस लिनले १६ तथा नाजिबउल्लाह जाड्रले अविजित १२ रन बनाए।
बलिङतर्फ ग्लाडियटर्सका जाहोर खान र मिगेल पिट्रोरिउसले समान एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको ग्लाडियटर्सले १० ओभरमा ८ विकेट गुमायर ८७ रन बनाएको थियो। उसका आसिफ खानले अविजित २५ तथा भानुका राजपाक्षले २३ रन जोडे।
बलिङतर्फ अरेबियन्सका ड्वाने ब्राभोले दुई विकेट लिए।
एजेन्सी