बुधबार, वैशाख ५, २०८१

उम्मेदवारले बुझाएनन् खर्च विवरण

दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन्।
 |  सोमबार, मंसिर ९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ९, २०७६

दाङ- जिल्लाका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन्।

triton college

जिल्लामा स्थानीय तहका ७१०, प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ले उम्मेदवारको निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ। त्यसलाई व्यवस्थित र पारदर्शी बनाउन निर्वाचन आचारसंहिता, २०७२ मा निर्वाचन खर्चसम्बन्धी आचारसंहिताको व्यवस्था गरिएको छ।

निर्वाचन आयोग ऐनमा तोकिएको हदभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था छ। निर्वाचन ऐनमा निर्वाचनमा भाग लिने राजनीतिक दल वा उम्मेदवारले तोकिएको अधिकतम हदभन्दा बढी हुने गरी निर्वाचन खर्च गर्नु वा गराउनु हुँदैन भन्ने उल्लेख गरिए पनि जिल्लामा भएको खर्च विवरणबारे अझै निर्वाचन कार्यालयले जानकारी पाएको छैन।

स्थानीय तहको निर्वाचनमा मात्रै दुई हजार ३८२ उम्मेदवार बनेका थिए। तीमध्ये ७१० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन्। त्यस्तै, प्रतिनिधिसभाका १३ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन्।

corrent noodles
Metro Mart

जिल्ला निर्वाचन कार्यालयका अनुसार तुलसीपुर उपमहानगरपालिकामा ४३६ उम्मेदवारमध्ये २७८ जनाले मात्रै खर्चको विवरण बुझाएका छन्। एक सय ५८ जनाले अझै खर्चको विवरण बुझाएका छैनन्। घोराही उपमहानगरपालिकामा ४४४ उम्मेदवारमध्ये ३२२ जनाले खर्चको विवरण बुझाए भने अझै १२२ जनाले बुझाएका छैनन्।

यस्तै, गढवा गाउँपालिकामा २३५ उम्मेदवार रहेकामा १८३ जनाले खर्चको विवरण बुझाएका छन् भने ५२ जनाको बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

दंगिशरण गाउँपालिकामा १५१ उम्मेदवारमध्ये ११५ जनाले विवरण बुझाए पनि ३६ जनाले बुझाएका छैनन्। बंगलाचुली गाउँपालिकामा १४५ उम्मेदवारमध्ये ८७ जनाले खर्चको विवरण बुझाएका छन् भने ५८ जनाले बुझाएका छैनन्।

बबई गाउँपालिकाका १३७ उम्मेदवारमध्ये १२० जनाले विवरण बुझाए पनि १७ जनाको बाँकी रहेको कुँवरले बताए। राजपुर गाउँपालिकामा १७३ जनामध्ये ११६ जनाले खर्चको विवरण बुझाएका छन् भने ५७ जनाको बाँकी छ।

यसैगरी, राप्ती गाउँपालिकाका २५१ उम्मेदवारमध्ये १७६ जनाले विवरण बुझाए भने ७५ जना बाँकी छन्। लमही नगरपालिकामा २६५ उम्मेदवारमध्ये २०० जनाले खर्चको विवरण बुझाए भने ६५ जनाको बाँकी छ। शान्तिनगर गाउँपालिकाका १४५ उम्मेदवारमध्ये ७५ जनाले बुझाए भने ७० जनाको बाँकी छ।

यसैगरी प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये परशुनारायण चौधरी, लिलाराम चौधरी, सुरेन्द्र चौधरी, गौरसिंह महर, रेखा केसी, बालाराम पौडेल, भोजबहादुर विश्वकर्मा, शेरबहादुर आलेमगर, हरिप्रसाद रिजाल, नरबहादुर वली, यादव भण्डारी, बालकृष्ण शर्मा र हिमलाल चौधरीले अझै पनि निर्वाचनको खर्च विवरण नबुझाएको कुँवरले बताए।

प्रदेशसभा सदस्यका उम्मेदवारमध्ये रनबहादुर यादव, चूडामणि चौधरी, सविता जिसी, किरणकुमार बुढाथोकी, कृष्णबहादुर क्षेत्री, दिकपाल योगी, भक्तबहादुर घर्तीमगर, सोमराज रैदास, कपिलदेव पोखरेल, बमबहादुर बुढामगर, विश्नाथ ज्ञवाली, शालिकराम नेपाली, बुद्धिमान चौधरी, जीबहादुर वली, सीताराम रेग्मी, सन्तोषकुमार योगी, प्रेमबहादुर शाह, लीला पहाडी, लीलाधर खड्का, रुद्रबहादुर केसी, धनराज विश्वकर्मा र टोपबहादुर डाँगीले खर्चको विवरण बुझाएका छैनन्। “हामीले सबै विवरण निर्वाचन आयोगमा पठाइसकेका छौं,” कुँवरले भने।

दाङमा तीन निर्वाचन क्षेत्र र १० स्थानीय तहमा १०० वडा छन्।

रासस

प्रकाशित: Nov 25, 2019| 03:53 सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।