बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित २ जनालाई धरौटीमा छोड्न आदेश

बैंक अफ काठमाण्डूका पूर्व सीईओसहित २ जनालाई धरौटीमा छोड्न आदेश

बैंकिङ कसूरको मुद्दा लागेका बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्व कर्मचारी किरणकुमार बोहरालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं- बैंकिङ कसूरको मुद्दा लागेका बैंक अफ काठमाण्डूका पूर्व प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्व कर्मचारी किरणकुमार बोहरालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

triton college

आइतबार न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले श्रेष्ठ र बोहोरालाई जनही एक/एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालत पाटनको आदेश बदर गर्दै धरौटीमा छोड्न आदेश दिएको पोखरेलले जानकारी दिए। उच्च अदालतको आदेशविरुद्ध उनीहरु सर्वोच्च गएका थिए।

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए। कर्जा लगानी भएको बेला श्रेष्ठ सीईओ थिए। उनीहरु धरौटी तिरेर थुनामुक्त हुन सुक्ने छन्।

प्रकाशित: Nov 24, 2019| 11:59 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।