बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • यातायात कर्मचारीलाई सय रुपैयाँ घुस खाएको मुद्दा, ३८ जनाविरुद्ध आरोपपत्र दायर

यातायात कर्मचारीलाई सय रुपैयाँ घुस खाएको मुद्दा, ३८ जनाविरुद्ध आरोपपत्र दायर

प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार दुई सय ८४ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोगमा दुई प्रहरी अधिकृतसहित आयोगले ३८ कर्मचारीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।
 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं- तत्कालीन यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, बाग्मती एकान्तकुना ललितपुरका सात जना कर्मचारीलाई एक सय रुपैया बिगोसहित ३८ कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

triton college

प्रयोगात्मक परीक्षामा फेल भएका एक हजार दुई सय ८४ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको अभियोगमा दुई प्रहरी अधिकृतसहित आयोगले ३८ कर्मचारीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो।

आयोगले मुद्दा दायर गरेकामध्ये सात जना कर्मचारीलाई एक सय रुपैँया बिगो तोकिएको छ। यस्तै चार जनाविरुद्ध दुई सयका दरले बिगो तोकिएको छ भने एक जनालाई दुई सय ५० रुपैया बिगो तोकिएको छ।

यस्तै एक जनाविरुद्ध तीन सय, एक जनाविरुद्ध तीन सय ५० तथा दुई जनाविरुद्ध पाँच सय बिगो तोकिएको छ।

सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा फेल भएकालाई पास बनाएर चालक अनुमति पत्र दिएको अभियोगमा तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी, १० जना शाखा अधिकृत, दुई जना प्रहरी अधिकृत र १ इन्जिनियर बिरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

corrent noodles
Metro Mart

उनका अनुसार १३ जना नायव सुव्वा र तीन खरिदार पनि छन्।

उनीहरुले २०६९ वैशाख, जेठ र असार महिनाभित्र प्रयोगात्मक परीक्षामा फेल भएकाहरुको नतिजा फेरबदल गरी सवारी चालक अनुमतिपत्र जारी गरि नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेखसमेत नराखेको अख्तियारले जनाएको छ।

साथै जारी गरिएका सवारी चालक अनुमतिपत्रहरुको लिनुपर्ने राजश्च रकमसमेत नलिई राजस्व चुहावट गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

 

प्रकाशित: Nov 24, 2019| 11:34 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।