बिहीबार, वैशाख १३, २०८१

सहुलियत ऋण लिन पाउने सूचीमा थपिए दुई क्षेत्र

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं। सरकारले ब्याज अनुदानको ऋणका लागि दुई वटा क्षेत्र थपेको छ । सरकारले कपडा उद्योग र सिटिइभीटीबाट मान्यता प्राप्त संस्थाबाट दिइने तालिममा पनि ऋण उपलब्ध गराउने भएको हो।

triton college

यसअघि विभिन्न सातवटा क्षेत्रमा मात्र सरकारले सहुलियतपूर्ण ऋण दिने गरेको थियो । आर्थिक वर्ष २०७४–०७५ को बजेटबाट नै व्यावसायिक कृषि, शिक्षित युवा बेरोजगार, विदेशबाट फर्किएका युवा, महिला उद्यमी, दलित, उच्च र प्राविधिक शिक्षाका लागि ऋण अनुदान दिने घोषणा गरी कार्यान्वयन सुरु भएको थियो । तर कपडा उद्योगमा ऋण अनुदान नदिएको भन्दै सम्बन्धित उद्योगी व्यवसायीले असन्तुष्टि जनाइरहेका थिए ।

नेपालमा भएका कपडा उद्योगको जगेर्ना नगरे उद्योग नै बन्द गर्ने चेतावनी उद्योगीहरुले समय समयमा सरकारलाई दिँदै आएका थिए । सरकारले निर्णय गरेको अनुसार अब ५ करोडसम्मका कपडा उद्योगले पनि सहुलियत ब्याजमा ऋण पाउने छन्।

प्राविधिक शिक्षा तथा व्यावासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि भने २ लाखसम्म ऋण उपलब्ध हुने अर्थ मन्त्रालयले जनाएको छ । बैंकहरुले अनुदानमा आधारित ऋण प्रवाह गर्दा २ प्रतिशतमात्र प्रिमियम लिन पाउनेछन् । त्यसमा ५ प्रतिशत भने सरकारले अनुदान दिनेछ ।

यसरी ऋण अनुदान दिँदा नेपाली कपडा उद्योगको पनि जगेर्ना हुने उद्योगी पवन कुमार गोल्यानले बताए ।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 24, 2019| 10:48 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्