शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नागरिक समाजले सार्वजनिक गर्‍यो नेपालको नयाँ नक्सा, घरघरमा पुर्‍याउन आग्रह

नागरिक समाजले सार्वजनिक गर्‍यो नेपालको नयाँ नक्सा, घरघरमा पुर्‍याउन आग्रह

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

काठमाडौं– भारतले नेपाली भूमिलाई आफ्नो नक्सामा पारेपछि चौतर्फी विरोध भइरहेका बेला नागरिक समाजको तर्फबाट सुगौली सन्धिताकाको पश्चिमोत्तर क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ।

triton college

नागरिकस्तरबाट गठित सीमा बचाउ अभियान अन्तर्गतको नक्सा बचाउ समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरी लिम्पियाधुरा र लिपुलेकसहितको भूमि समेटिएको नक्सा सार्वजनिक गरेको हो।

नक्सा सार्वजनिक गर्दै सीमा बचाउ अभियानका संयोजकसमेत रहेका वरिष्ठ पत्रकार भैरव रिसालले विज्ञहरुको टोलीले सुगौली सन्धिअनुसारकै नेपाली नक्सा तयार गरेको जानकारी दिए। भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमिसमेत समेटिएको भन्दै रिसालले आफूहरुले तयार पारेको नक्सामा नेपालको एक इन्च जमिन पनि नछोडेको र भारतको एक इन्च जमिन पनि नसमेटिएको बताए।

‘यो नेपालको वास्तविक नक्सा हो, आम नेपालीका घरघरमा पुर्याउन जरुरी छ,’ रिसालले भने, ‘यही नक्सा सरकारलाई बुझाउने तयारी गरिएको छ।’

अभियानका सहसंयोजक डा. द्वारिकानाथ ढुंगेलले देशको भूमि मिचिँदा त्यसबारे सचेत नागरिक जुर्मराउनु दायित्व बोध गरेर आफूहरुले नक्सा तयार पारेको बताए। पश्चिमोत्तर क्षेत्रको सबै भूमि समेटिएर तयार पारेको नक्सा सरकारका साथै संयुक्त राष्ट्र संघमा समेत पठाउने उनले जानकारी दिए।

corrent noodles
Metro Mart

नेपाल सरकारले कहिले पनि आफ्नो नक्सा तयार नगरेको भन्दै समितिले भारतले पश्चिमोत्तर क्षेत्रको नेपाली भूमि मिचेको भन्दा पनि नेपाल सरकारले नै छोडेको जनाएको छ। अभियानका संयोजक हिरण्यलाल श्रेष्ठले नक्सा अतिक्रमणको विरुद्धमा नयाँ नक्सा सार्वजनिक गरिएको बताए। सरकारले आधिकारिक नक्सा निकालेर अतिक्रमित भूमि फिर्ताको पहल गर्नुपर्ने उनको सुझाव थियो।

नापी विभागका पूर्व महानिर्देशक पूर्णप्रसाद ओलीले आफूहरुले समेत केही वर्षपहिले नक्सा तयार गरेर सरकारसमक्ष बुझाएको बताए।
नयाँ नक्सामा लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटिएको छ। सन् १८१६ को सुगौली सन्धिको धारा ५ अनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो ।

भारतले कालीनदीको सिमाना गलत देखाएर नेपाली भूमि अतिक्रमण गरे पनि प्राविधिक समितिले डिजिटल इलिमेसन मोडलका आधारमा पुरानो काली नदी देखाएर सोही आधारमा नयाँ नक्सा तयार पारेको समतिले जनाएको छ।

वि.सं. २०१८ मा लिम्पियाधुरा क्षेत्रको गुन्जी, गर्ब्याङ र नाभी गाउँमा नेपालले जनगणना गराएको थियो । नेपाल सरकारका तत्कालीन जनल अफिसर भैरव रिसाल (वरिष्ठ पत्रकार)ले सो क्षेत्रको जनगणना गराएका थिए ।

करिव ३ सय ७२ वर्ग किलोमिटर क्षेत्र भारतले कब्जामात्र गरेको छैन, नेपाली भूमि कालापानीमा भारतीय फौज बंकरसहित तैनाथ गरेको छ।

प्रकाशित: Nov 24, 2019| 09:52 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।