बिहीबार, वैशाख १३, २०८१

जब दृष्टिविहीन हिमानीले एक करोड जितिन्

भारत आगराकी हिमानी बुंदेलाले कल्पना पनि गरेकी थिइनन् आफ्नो क्षमताबारे भारतभर चर्चा हुन्छ भनेर। महानायक अमिताभ बच्चनले आफ्नो खुलेर तारिफ गर्लान् कुनै दिन भन्ने सपनाको कुरा थियो।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं– भारत आगराकी हिमानी बुंदेलाले कल्पना पनि गरेकी थिइनन् आफ्नो क्षमताबारे भारतभर चर्चा हुन्छ भनेर। महानायक अमिताभ बच्चनले आफ्नो खुलेर तारिफ गर्लान् कुनै दिन भन्ने सपनाको कुरा थियो। 

triton college

अहिले हिमानी सञ्चारमाध्यममा छाएकी छन्। देशभर उनको चर्चा छ। २५ वर्षीया हिमानी बुंदेला कौन बनेगा करोडपति सिजन १३ को पहिलो करोडपति बन्न सफल भएकी छन्। उनी दृष्टिविहीन हुन्। 

हिमानी १५ वर्षकी हुँदा उनको आँखाको ज्योति गुम्न पुग्यो। उनको परिवार सामान्य आर्थिक अवस्था भएको हो। परिवारले हिमानीको आँखाको अप्रेशन चार पटकसम्म गरिसक्यो। तर, ज्योति फर्केन।

तर, हिमानीले हिम्मत हारिनन्। अध्ययनसँगै कडा मेहनत गर्न थालिन् र परिवारमै पहिलो सरकारी जागिर खाने व्यक्ति बन्न सफल भइन्।

उनी अहिले केन्द्रीय विद्यालयमा अध्यापन गराउँछिन्। करोड रूपैयाँ जितिसकेपछि उनले आफ्नो संघर्षले भरिएको जीवनका केही कुरा सेयर गरेकी छन्।

corrent noodles
Metro Mart

उनले २००९ देखि नै कौन बनेगा करोडपतिका लागि तयारी गरिरहेकी थिइन्। आफूलाई सानैदेखि टेलिभिजन हेर्न मन पर्ने बताएकी छन्। सानैमा रियालिटी शोमा मानिसहरू परफर्मेन्स गर्न आउँदा म पनि यस्तो गर्न सकुँला र भन्ने लाग्थ्यो उनलाई। ‘पछि कौन बनेगा करोडपति आउँदा मलाई जनरल नलेजको माध्यमबाट म यो शोमा आउन सक्छु जस्तो लागेको थियो। मैले त्यतिबेलै यो हट सिटमा बस्ने तय गरिसकेकी थिएँ। मलाई अमिताभ बच्चन सरसँग मिल्नु थियो,’ उनले भनेकी छन्।

उनले त्यही इच्छाले नै आज आफूले एक करोड जित्न सफल भएको बताएकी छन्। उनले यो खुशी र अनुभवलाई शब्दमा व्याख्या गर्न नै नसकिने प्रतिक्रिया दिएकी छन्। 

२००९ यता प्रत्येक पटक कौन बनेगा करोडपतिका लागि प्रयास गर्ने गरेको उनले बताइन्। ‘जति प्रयास गरे पनि रजिष्ट्रेशन हुन सक्थेन। यो बीचमा मेरो संसार फेरियो। आँखाको ज्योति गुम्यो। तर, १० वर्षपछि २०१९ मा रजिस्ट्रेशन सफल भयो। मलाई हट सिटमा बस्ने मौका प्राप्त भयो। २०१९ देखि २०२१ सम्म लगातार तीन पटक रजिस्ट्रेशन सफल भयो र अन्तिम सफलता २०२१ मा मिल्यो,’ उनले भनेकी छन्।

सोनी टेलिभिजनबाट ‘तपाईं कौन बनेगा करोडपतिमा भाग लिन मुम्बई आउँदै हुनुहुन्छ’ भनेर फोन आउँदा आफूलाई विश्वास नै नलागेको बताएकी छन् हिमानीले। भनिन्, ‘सुरुमा त मलाई कसैले झुक्याइरहे जस्तो लागेको थियो। उनीहरूसँग लामो कुरा हुँदा पनि मसँग कुनै बैंक डिटेल्स र निजी जानकारी लिइएन, अनिमात्रै मलाई विश्वास लाग्यो।’ 

कौन बनेगा करोडपतिबाट बोलावट आएपछि कसरी प्रतिष्पर्धा गर्ने भन्ने भय उनको मनमा थियो। ‘अरुसँग त पढ्ने साधनस्रोत हुन्थ्यो, तर मसँग त त्यस्तो केही हुन्थेन,’ उनले भनिन्।

आफ्नो आत्मविश्वास र शो टिमले गरेको सहयोगले सफलता हात परेको उनले बताएकी छन्। ‘जब मरो सामु एक करोडको प्रश्न तेर्सियो, म निकै नर्भस भएकी थिएँ। एक करोड मेरो परिवारका लागि निकै ठूलो रकम हो। उत्तर गलत हुँदा ३ लाख २० हजारमा झर्ने र सारा मेहनत खेर जाने डरका बाबजुद पनि हिम्मत जुटाएर उत्तर दिएँ,’ हिमानीले त्यो क्षण सम्झिइन्।

– बीबीसी हिन्दीबाट

प्रकाशित: Sep 01, 2021| 13:30 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्