एजेन्सी- बंगलादेशविरुद्धको डे नाइट टेस्ट क्रिकेट भारतले क्लीन स्वीप गरेको छ।
कोलकाताको ईडन गाडेन्समा भएको खेलमा भारतले आइतबार बंगलादेशलाई पारी र ४६ रनले पराजित गरेको हो।
टिम इन्डियाले दुई टेस्टको सिरिजमा २–० को जित निकाल्यो।
भारतका लागि उमेश यादवले ५ तथा इशान्त शर्माले ४ विकेट लिए।
बंगलादेशका मुश्फिकुर रहीमले ७४ रनको पारी खेले।
यसअघि भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा पारी र १३० रनले पराजित गरेको थियो।
यसअघि भारतीय टीमले आफ्नो पहिलो पारी ९ विकेट गुमाएर ३४७ रनमा अन्त्य गरेको थियो।
बंगलादेशको टीम पहिलो पारीमा १०६ र दोस्रो पारीमा १९५ रनमा अलआउट भएको थियो।
यो टेस्टमा इशान्तले ९ विकेट लिए। उनले दोस्रो पारीमा बंगलादेशका शादमान इस्लाम (०), इमरुल कायेस (५), मोमिनुल हक (०) र मेहदी हसन (१५) आउट गरे।
बंगलादेश र भारतबीच अहिलेसम्म ११ वटा टेस्ट म्याच भएका छन्। जसमा भारतले ९ वटामा जित निकालेको छ। बाँकी २ वटा खेल बराबरी भएका छन्।
आफ्नो पारीमा बंगलादेशका ४ जना ब्याट्सम्यान शुन्य रनमा आउट भए भने २ जना १ रन बनाएर पेभिलियन फर्किए।
दोस्रो पारीमा तीन जना तीन जना ब्याट्सम्यान शुन्य रनमा आउट भए।