बुधबार, वैशाख १२, २०८१

५० करोड लगानीमा मौर्य होटल

 |  आइतबार, मंसिर ८, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ८, २०७६

भैरहवा । ५० करोड लागतमा भैरहवामा नयाँ होटल खुलेको छ । देवकोटा चोक नजिकै खुलेको मौर्य होटल ७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।

triton college

उक्त होटलबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा होटलका सञ्चालक रामबहादुर कोइरीले भने, ‘जग्गा, भवन सबै गरेर ५० करोड लगानी भइसकेको छ । अझै स्वीमिङ पुल र क्यासिनोको काम बाँकी छ । हामीले विदेशी पर्यटकलाई लक्षित गरेर यो होटल सञ्चालनमा ल्याएका हौंं ।’

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्या र लुम्बिनी भ्रमण वर्ष २०७६ चलिरहेको बेला सञ्चालनमा आएको मौर्य होटलले लुम्बिनी घुम्न आउने पर्यटकलाई आवास तथा खानामा निश्चित प्रतिशत छुट दिने समेत व्यवस्था गरेको छ ।

बेलहिया–बुटवल सडक खण्डको भैरहवास्थित देवकोटा चोकमा खुलेको उक्त होटलमा प्रेसिडेन्सियल स्वीट, डिलक्स स्वीट सहित ५३ वटा कोठा रहेका छन् ।

होटलका महाप्रबन्धक अमृत खनालका अनुसार प्रत्यक्ष रुपमा ५० जनाले रोजगारी पाएको उक्त होटलमा एक पटकमा साढे ३ सय जना अट्ने एउटा सभाहल, ५० जना अट्ने अर्को सभाहल, रेष्टुरेन्ट, दुईवटा लिफ्ट सहित दक्ष जनशक्तिद्वारा होटल तथा रेष्टुरेन्ट व्यवस्थापन गरिएको छ ।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 24, 2019| 06:55 आइतबार, मंसिर ८, २०७६
प्रतिक्रिया दिनुहोस्