शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मेडिकल कलेजको दादागिरी : कलेजभित्रै विद्यार्थीमाथि कुटपिट

मेडिकल कलेजको दादागिरी : कलेजभित्रै विद्यार्थीमाथि कुटपिट

सरकारले तोकेभन्दा बढी शुल्क उठाउने वीरगन्जको नेसनल मेडिकल कलेजमा आन्दोलित विद्यार्थी कलेजभित्रै कुटिएका छन्। शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ कलेजअगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी कुटिएका हुन्।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

काठमाडौं - सरकारले तोकेभन्दा बढी शुल्क उठाउने वीरगन्जको नेसनल मेडिकल कलेजमा आन्दोलित विद्यार्थी कलेजभित्रै कुटिएका छन्। शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ कलेजअगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी कुटिएका हुन्।

triton college

दिउँसो २ बजेदेखि ५ बजेसम्म धर्नामा बसेका उनीहरु धर्ना सकेर होस्टल जाने क्रममा कुटिएका पीडित विद्यार्थीले बताए। मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुदिन अन्सारीको इशारामा कलेजकै अग्रज विद्यार्थीहरुले आफूहरुलाई हातपात गरेको उनीहरुको आरोप छ।

केही विद्यार्थीलाई हातमा लिएर कलेज प्रशासनले योजनाबद्ध रुपमा आक्रमण गरेको पीडित विद्यार्थीले बताए। केही सिनियर विद्यार्थीले बिहीबार पनि उनीहरूलाई मध्यरातसम्म होस्टेल छिर्न दिएका थिएनन्।

एक महिनादेखि आन्दोलित नेसनलका विद्यार्थी पछिल्लो समय रिले अनसनमा छन्। सुरुमा सरकारी प्रशासन र बाउन्सर लगाएर आन्दोलन दबाउन लागेको कलेजले अहिले केही सिनियर विद्यार्थी प्रयोग गरेर दमन गर्न थालेको उनीहरूको गुनासो छ।

प्रकाशित: Nov 23, 2019| 01:43 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।