शनिबार, वैशाख ८, २०८१

बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले फरक–फरक विषयका समाचारलाई प्राथमिकतामा पारेका छन्।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

काठमाडौं – शनिबार काठमाडौंबाट प्रकाशित भएका अधिकांश राष्ट्रिय दैनिकले फरक–फरक विषयका समाचारलाई प्राथमिकतामा पारेका छन्।

triton college

नयाँ पत्रिकाले बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी शिर्षकमा समाचार प्रकाशन गरेको छ भने नागरिकले उपत्यकामा प्रदुषण : बर्षेनि जान्छ १० हजार ज्यान शिर्षकको समाचारलाई प्राथमिकतामा पारेको छ। यस्तै नागरिकमै दसगजा अतिक्रमण हटाउन संयुक्त टोली, उर्जा सम्मेलन : अन्तरदेशीय विद्युत् व्यापार सहज हुने अपेक्षालगायतका समाचारलेसमेत प्राथमिकता पाएका छन्।

अन्नपूर्ण पोष्टले भने ‘भारतको भ्रम : काली उहीं छ, नक्साबाट नाम मात्र झिकियो’, ‘के गर्लान यादव’ शिर्षकका समाचारलाई प्राथमिकतामा पारेको छ। यस्तै कान्तिपुरले ‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’ भन्ने प्रचण्डको भनाईलाई हेडलाईन बनाउँदै समाचार प्रकाशन गरेको छ।

बैंकिङ अपराधमा कर्मचारी : १० वर्षमा २२ अर्ब ठगी

पछिल्लो १० वर्षमा बैंकका कर्मचारीको मिलेमतोमा २२ अर्बभन्दा धेरै अनियमितता भएको छ। यो अवधिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले बैंकिङ कसुरमा ५२ बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कर्मचारीसहित हजारभन्दा धेरैविरुद्ध मुद्दा चलाएको छ। उनीहरुसँग २२ अर्ब ६ करोड आठ लाख ४६ हजार आठ सय ३४ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।

corrent noodles
Metro Mart

हाल सिआइबीले नेपाल बैंकका नवौं तहका कर्मचारी भूपराज कोइरालाले गरेको करिब ६० लाख अनियमितताको घटनामा छानबिन गरिरहेको छ। दुई महिनाअघि ब्युरोले बैंक अफ काठमाण्डूका पूर्वसिइओ अजय श्रेष्ठसहितका कर्मचारीविरुद्ध दुई करोड पचास लाख बिगोको मुद्दा दायर गरेको थियो। श्रेष्ठ पुर्पक्षका लागि कारागार चलान भएका छन्। खोलाको जग्गालाई राजमार्गछेउको भनेर कर्जा दिई अनियमितता गरेको भन्दै प्रहरीले मुद्दा चलाएको थियो।

देव: विकास बैंकको घोराही शाखामा पनि कर्मचारीकै मिलेमतोमा १८ करोड अनियमितता भएको थियो। त्यसमा गत महिना मात्र प्रहरीले मुद्दा दायर गरेको छ। बैंकका प्रबन्धक समीर बुढाथोकीकै योजनामा बैंकभित्र अनियमितता भएको थियो।

०६८ देखि सिआइबीले बैंकिङ कसुर अनुसन्धान थालेको हो। ०६८ जेठमा सिआइबीले करिब ५० करोड हिनामिना गरेको आरोपमा गोर्खा विकास बैंकका तत्कालीन अध्यक्ष डिबी बम्जन ९डम्बरबहादुर तामाङ०लाई पक्राउ गरेको थियो। सो बैंककै सञ्चालक प्रवीण नौलखाको कमलादीस्थित जग्गा खरिदमा अनियमितता गरेको तथा कर्जा प्रवाहमा व्यापक अनियमितता गरेको खुलेपछि राष्ट्र बैंकले उनीहरूलाई संस्थाबाट हटाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो।

युनाइटेडपछि प्रहरीले क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा अनुसन्धान थालेका थियो। यहाँको अनियमितता अहिलेसम्मको ठूलो हो। प्रहरीले तत्कालीन अध्यक्ष विज्ञानराज पौडेल, प्रमुख सञ्चालक अधिकृत शिवराज जोशी तथा वरिष्ठ सहायक दीपकराज शर्मा, ऋणी भरतराज पौडेल तथा बैंकबाट अनियमित रूपमा कर्जा लिने रघु कार्की, हरिहर खड्कालगायतलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो। सो मुद्दाका कतिपय अभियुक्त अहिलेसम्म फरार छन्।

वित्तीय अपराधमध्ये नेपाल सेयर मार्केट एन्ड फाइनान्समा भएको अनियमितता निकै चर्चित छ। देशकै पुरानोमध्येको फाइनान्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठलगायतको मिलेमतो दुई अर्ब ६१ करोड अनियमितता गरेको प्रहरी दाबी थियो।

एउटै बैंकबाट झन्डै आठ अर्बसम्म ठगी

क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स - सात अर्ब ७३ करोड ५७ लाख
नेपाल सेयर मार्केट एन्ड फाइनान्स - पाँच अर्ब ७९ लाख
एपेक्स बैंक - एक अर्ब ५० करोड
एच एन्ड बी डेभलपमेन्ट बैंक - एक अर्ब पाँच करोड ३३ लाख
गोरखा डेभलपमेन्ट बैंक - ८६ करोड ७३ लाख
पिपुल्स फाइनान्स - ७३ करोड ९२ लाख
किस्ट बैंक-५७ करोड ४४ लाख
हिमालयन फाइनान्स र वैभव फाइनान्स-५३ करोड ६ लाख
क्रिस्टल फाइनान्स-४४ करोड ६१ लाख
नेपाल विकास बैंक-३६ करोड पाँच लाख
कृषि विकास बैंक स्वयम्भू शाखा-३३ करोड ९३ लाख
बुटवल फाइनान्स-२७ करोड २६ लाख
सिद्धार्थ डेभलपमेन्ट बैंक-२५ करोड २८ लाख
नेपाल बैंक-१५ करोड ५१ लाख
किस्ट बैंक-१५ करोड १६ लाख
जनरल फाइनान्स-१३ करोड ९९ लाख
एनआइडिसी क्यापिटल मार्केट-१३ करोड १७ लाख
कृषि विकास बैंक लगनखेल शाखा-१० करोड ६२ लाख
युनाइटेड विकास बैंक-नौ करोड २४ लाख
प्रोग्रेसिभ फाइनान्स-सात करोड ६९ लाख
हामा मर्चेन्ट एन्ड फाइनान्स-सात करोड ६० लाख
एनआइसी एसिया-६ करोड ७४ लाख
सम्झना फाइनान्स-६ करोड २८ लाख
एनआइडिसी क्यापिटल मार्केट-चार करोड ७८ लाख
राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा-चार करोड ७१ लाख
पश्चिमाञ्चल फाइनान्स-चार करोड ४६ लाख
कृषि विकास बैंक न्युरोड शाखा-चार करोड ४२ लाख
कैलाश विकास बैंक-तीन करोड ४१ लाख
मञ्जुश्री फाइनान्स-तीन करोड २१ लाख
श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स-दुई करोड ९२ लाख
एनबी बैंक-दुई करोड ९२ लाख
सामुदायिक लघुवित्त-दुई करोड ५७ लाख
बैंक अफ काठमाण्डू-दुई करोड ५० लाख
देव: विकास बैंक-दुई करोड १० लाख
माछापुच्छ्रे बैंक-एक करोड ४२ लाख
यती डेभलपमेन्ट बैंक-एक करोड ४० लाख
मञ्जुश्री फाइनान्स-एक करोड ३४ लाख
सिटिजन्स बैंक-एक करोड २८ लाख
सिभिल बैंक-एक करोड २३ लाख
कृषि विकास बैंक रत्नपार्क-एक करोड १० लाख
प्रुडेन्सियल फाइनान्स-८७ लाख
ग्लोबल आइएमई बैंक-८६ लाख ७० हजार
राष्ट्रिय वाणिज्य बैंक-८१ लाख १२ हजार
सिभिल बैंक-४५ लाख ४५ हजार
नबिल बैंक-४४ लाख ४९ हजार
सिभिल बैंक बौद्ध शाखा-३५ लाख ६१ हजार
इम्पेरियल फाइनान्स-३० लाख ६८ हजार
सनराइज बैंक-२२ लाख ७७ हजार
एभरेस्ट बैंक-१९ लाख ५० हजार
हिमालयन बैंक-६ लाख ५८ हजार

यो समाचार शनिबारको नयाँ पत्रिकामा छापिएको छ।

उपत्यकामा प्रदूषण : बर्षेनी जान्छ १० हजार ज्यान

उपत्यकामा जाडोयामको सदावहार विशेषता हो-बढ्दो वायु प्रदूषण। यो समयमा जसरी तापक्रम घट्दै जान्छ त्यसको ठीक उल्टो धुवाँ र धुलोले प्रदूषण मापनको आँकडा बढाउँदै लग्छन्।

काठमाडौं उपत्यकाको विगत दुई वर्षदेखि विभिन्न स्थानमा जडान गरिएका सातवटा पदूषण मापन स्टेशनले हावाको गुणस्तरको सूचकांक अर्थात एयर क्वालिटी इन्डेक्स मापन गर्दैै आएको छ। गत एक साताको तथ्याङ्कले उपत्यकाको वायु प्रदुषणको स्तर अस्वस्थकर रहेको देखाएको छ।

सन् २०१७ मा काठमाडौंको प्रतिघनमिटर वायुमा ४५.९ माइक्रोग्राम सूक्ष्म कणहरु पाइएकोमा २०१८ मा आइपुग्दा यो ५४.४ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ। यसरी पिएम २.५ को हिसाबले एक वर्षमा प्रदूषण १९ प्रतिशतले बढेको छ।

सन् २०१९ मा प्रकाशित ग्लोबल एयर रिपोर्टले विश्वको कुल मृत्यु दरमा प्रदूषण पाँचौं कारक रहेको देखाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रदूषणका कारण काठमाडौंमा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुन्छ। शनिबारको नागरिकमा खबर छापिएको छ।

प्रकाशित: Nov 23, 2019| 01:31 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।