बुधबार, वैशाख १२, २०८१

कंगोमा दादुराको महामारी, नेपालमा के छ स्थिति?

प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५ हजार मानिसको मृत्यु भएको छ।
 |  शुक्रबार, मंसिर ६, २०७६

बीबीसी

बीबीसी

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं - प्रजातान्त्रिक गणतन्त्र कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएपछि सन् २०१९ मा करिब ५ हजार मानिसको मृत्यु भएको छ।

triton college

यो वर्ष मात्रै झन्डै अढाइ लाख मानिस दादुराबाट सङ्क्रमित भएका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसलाई संसारै सबैभन्दा ठूलो र चाँडो फैलिरहेको महामारी भनेको छ।

कंगो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए। तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहुँचका अभावले दादुरा सङ्क्रमण रोक्ने प्रयासमा असर परेको छ।

अहिलेसम्म ४० लाख बालबालिकालाई खोप लगाइसकिएको छ। तर विज्ञहरूका अनुसार खोप लगाइनुपर्ने सङ्ख्याभन्दा यो आधाले कम हो। यस्तै त्यहाँ पर्याप्त खोप उपलब्ध नभएको उनीहरूले बताएका छन्। प्रभावितमध्ये अधिकांश शिशुहरू छन्।

दादुरा के हो?

दादुरा एउटा भाइरसका कारण लाग्छ। सङ्क्रमण भएपछि सिँगान बग्न थाल्छ तथा हाच्छिउँ र ज्वरो आउँछ। त्यसको केही दिनपछि अनुहारमा दाग देखिन्छ र शरीरभरि फैलिन थाल्छ। अधिकांश मान्छेलाई आफैँ निको हुन्छ।

corrent noodles
Metro Mart

तर यदि त्यसले निमोनिया वा इन्सेफलाइटिस अर्थात् मस्तिष्कको सुजन भएमा दादुराले जीवनभरि अपाङ्गता निम्त्याउन सक्छ। दादुराका कारण विश्वभरि प्रत्येक वर्ष एक लाख १० हजार मानिसको ज्यान जाने गरेको अनुमान छ।

नेपालमा के छ स्थिति?

नेपालमा सन् २०१८ मा झन्डै साढे दुई सय जनालाई दादुरा भएको पुष्टि भएको थियो भने यो वर्ष तीन महिनाभित्र ३७२ मा सो रोग लागेको पुष्टि भइसकेको छ। त्यस्तै सन् २०१७ मा जम्मा ७७ जनामा दादुरा भएको पाइएको थियो।

प्रकाशित: Nov 22, 2019| 09:38 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।