शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नवनियुक्त मन्त्री भट्टले चितवन पुगेर भने– उद्योगी र श्रमिकका समस्या समाधान गर्छु

नवनियुक्त मन्त्री भट्टले चितवन पुगेर भने– उद्योगी र श्रमिकका समस्या समाधान गर्छु

 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्धरूपमा अघि बढ्ने बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

triton college

उनले भने, “उद्योगीहरुले वातावरण बनेको छैन भनेका छन् । मैले हिजो नै उहाँहरुलाई वातावरण तयार गर्न के गर्नुपर्छ ल्याउनुस् भनेको छु । उहाँहरुको सल्लाह–सुझाब आएसँगै सोहीअनुसार काम गर्नेछु ।”

उद्योग र श्रमिकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्ने उनको भनाइ थियो । अहिले आफूले मन्त्रालयका समस्याका विषयमा बुझ्ने काम गरेको भन्दै उनले केही दिनपछि कसरी अगाडि बढ्ने त्यसको लागि योजना बनाउने बताए ।

मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्न यहाँ आएका हुन् ।


रासस

corrent noodles
Metro Mart

प्रकाशित: Nov 22, 2019| 06:20 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्