बिहीबार, वैशाख १३, २०८१

अदालतका श्रेस्तेदारलाई पक्राउ पुर्जी

कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीमाथि जबरजस्ती करणी र भ्रुण हत्या आरोपमा कैलाली जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

धनगढी – कैलाली जिल्ला अदालतका श्रेस्तेदार भुवन गिरीमाथि जबरजस्ती करणी र भ्रुण हत्या आरोपमा कैलाली जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि उनलाई अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेको हो।

triton college

गिरीकी कान्छी श्रीमती बताउने नेपालगञ्जकी आरती रावल गिरीले आफूमाथि जबरजस्ती करणी गर्दै भ्रुण हत्या गरेको आरोप लगाएकी हुन्। झण्डै दुई वर्ष अघि विवाह गरेको बताउने आरतीले आफूमाथि जबरजस्ती करणी र भ्रुण हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता गराएकी थिइन्।

गिरीसंग सहमतिमै विवाह गरेको बताउने ती महिलाले आफ्नो प्रजनन अधिकारमाथि प्रहार भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरेको बताइन्।

जेठी श्रीमती र ४ छोराछोरी भएपनि झुठा आश्वासन दिएर आफूलाई प्रेम विवाह गरेको आरतीको दाबी छ। आफुसँग विवाह नगरे जेपनि गर्न सक्ने भन्दै डर धम्की दिएको र त्यसपछि विवाह गर्न बाध्य भएको उनले गुनासो गरिन्। विवाह गरेर ल्याइसकेपछि गिरीले आफ्नै नामबाट नागरिकता बनाइदिएको तर, आफुलाई आमा बन्ने अधिकारबाट गिरीले बञ्चित गरेको आरतीको आरोप छ। २ पटक पेटमा भएको बच्चालाई गिरीले कुटपिट गरेर पेटमै मारिदिएको उनले बताइन्।

गिरीले आफ्नो गोजीमा न्यायाधीशहरु भएकोले मुद्दा फिर्ता लिन आफुलाई दबाब दिइरहेको आरतीले आरोप लगाइन्।

corrent noodles
Metro Mart

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले आरतीले श्रीमानबाट हिंसामा परेको भन्दै गिरीविरुद्ध मुद्दा दर्ता गरेको बताए। उनले बुधबार नै मुद्दा दर्ता भइसकेको बताए। प्रहरीले मुद्दा दर्ता गर्न आनाकानी गरेको कुरा भने सत्य नभएको उनले दाबी गरे।

यता श्रेस्तेदार गिरीले भने आरतीले भनेको कुरामा सत्यता नभएको बताए। उनले पतिपत्नी बीच सामान्य विवाद भएको भएपनि उनी माथि ठूलो हिंसा नगरेको दाबी गरे। सम्बन्धमा केही टकराव आएको भएपनि आरतीले भनेजस्तो हिंसा आफूले नगरेको र उनले लगाएका आरोपहरु निराधार भएको गिरीले बताए।

प्रकाशित: Nov 21, 2019| 13:06 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।