शुक्रबार, वैशाख ७, २०८१

पदबहालीपछि के भने नयाँ मन्त्रीले ?

 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले सिंहदरबारस्थित आ–आफ्नो मन्त्रालयमा पुगेर पदबहाली गरेका छन् । आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका ६ जना नयाँ मन्त्री र ३ जना राज्यमन्त्रीले पदबहाली गरेका हुन् ।

triton college

नयाँ नियुक्त हुने मन्त्रीहरुमा कृषि तथा पशुप‌क्षी विकास मन्त्री घनश्याम भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, महिला, बालबालिका तथा समाजकल्याण मन्त्री पार्वत गुरुङ, उद्योग वाणिज्यमन्त्री लेखराज भट्ट र श्रम तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय छन् ।

यसैगरी उद्योग तथा वाणिज्य राज्यमन्त्री मोती दुगड, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य राज्यमन्त्री नवराज रावतले पनि पदबहाली गरेका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई मन्त्रालयका सचिव, सहसचिवहरु, उपसचिवहरु तथा अन्य कर्मचारीहरुले स्वागत गरेका थिए ।

पदबहाली गरेपछि नवनियुक्त कृषि मन्त्री घनश्याम भुसालले लोभ र डरमा नपरी काम गर्ने बताए । राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेका उनले मन्त्रालयले गरेका कामको जस र अपजस दुवै आफूले लिने स्पष्ट पारे । राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा नगर्ने उनले प्रतिबद्धता जनाए ।

मन्त्रीलाई सचिव डा. युवकध्वज जिसीले स्वागत गर्दै मन्त्रीको कार्यकाल सम्झनलायक बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भुसाललाई बधाइ दिन निवर्तमान कृषिमन्त्री चक्रपाणि खनाल मन्त्रालय पुगेका थिए ।

corrent noodles
Metro Mart

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि आज नै पदबहाली गरेका छन् । सो अवसरमा उनले पुराना राम्रा कामलाई निरन्तरता दिँदै रोकिएका कामलाई बढाउने बताए ।

प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई सार्थकता दिन सरोकारवालाहरुसँग समन्वय गर्दै अगाडि बढ्ने उनको भनाइ थियो । मन्त्रालयमा पुगेपछि निवर्तमान मन्त्री रघुविर महासेठलाई बिदाइ गरेर नेम्वाङले पदभार ग्रहण गरेका थिए ।

पदभार ग्रहण गर्दै नवनियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले काम गर्ने क्रममा केही समस्या आए निवर्तमान मन्त्री थममाया थापामगरसँग सल्लाह गरेर अघि बढ्ने प्रतिक्रिया दिए ।

यसैगरी नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने दाबी गरे । मन्त्रालय एक ढिक्का भएर अघि बढ्ने उनले बताए । उनी यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा वाणिज्य तथा आपूर्तिमन्त्री थिए भने त्यसअघि पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा श्रममन्त्री बनेका थिए ।

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रम शक्तिको उचित व्यवस्थापन नगर्दासम्म समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा नहुने बताए । मन्त्री यादवले श्रम शक्तिको व्यवस्थापन अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिए ।

उनले विदेशमा पनि सीप भएका सक्षम युवालाई मात्र पठाउनुपर्ने बताए।

प्रकाशित: Nov 21, 2019| 10:31 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।