बिहीबार, वैशाख १३, २०८१

मूल्यवृद्धि नियन्त्रण बाहिर, व्यापारघाटा घट्यो 

सरकारले चालु आवमा मूल्यवृद्धि ६ प्रतिशतमा कायम राख्ने लक्ष्य लिए पनि पहिलो तीन महिनामै लक्ष्यभन्दा बाहिर पुगेको हो। गत वर्ष सोही अवधिमा मूल्यवृद्धि ४.६८ प्रतिशत थियो।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं- मूल्यवृद्धि ६.२१ प्रतिशत पुगेको छ।

triton college

सरकारले चालु आवमा मूल्यवृद्धि ६ प्रतिशतमा कायम राख्ने लक्ष्य लिए पनि पहिलो तीन महिनामै लक्ष्यभन्दा बाहिर पुगेको हो।
गत वर्ष सोही अवधिमा मूल्यवृद्धि ४.६८ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको मुलुकको तीन महिनाको आर्थिक परिसूचकअनुसार खाद्य सामग्रीको मूल्य बढ्दा समग्र मूल्य सूचकांकमै वृद्धि भएको हो। राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ७.४ प्रतिशत छ भने गैरखाद्य समूहको मूल्यवृद्धि ५.५५ प्रतिशत छ।


व्यापारघाटा १२ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापारघाटा घटेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालको व्यापारघाटा चालु वर्षको पहिलो तीन महिनामा १२ प्रतिशतले कमी आई ३ खर्ब ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।

corrent noodles
Metro Mart

गत वर्षको तुलनामा आयातमा कमी आउँदा व्यापारघाटा घटेको हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको कुल वस्तु निर्यात १४.४ प्रतिशतले बढी २७ अर्ब १७ करोड पुगेको छ भने आयात १०.३ प्रतिशतले कमी आई ३ खर्ब ३३ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष सोही अवधिमा निर्यात १६.१ प्रतिशतले वृद्धि भएको थियो भने आयात ४३.६ प्रतिशतले बढेको थियो।
चालु आवमा भारततर्फ निर्यात ३५.८ र चीनतर्फ १९.९ प्रतिशतले बढेको छ। 

अन्यतर्फको निर्यात भने ११.७ प्रतिशतले घटेको छ। यसैगरी आयातमा सोही अवधिमा भारतबाट १२.२ प्रतिशत र अन्य मुलुकबाट १९.१ प्रतिशतले घटेको छ। चीनबाट हुने आयात ११.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

रेमिट्यान्समा कमी
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स आप्रवाहमा ४.९ प्रतिशतले कमी आई २ खर्ब ३० अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्सको आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आउँदा रेमिट्यान्स आप्रवाहमा कमी आएको राष्ट्र बैंकले जनाएको छ। चालु आवको तीन महिनामा वगैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.७ प्रतिशतले घटेको छ। अघिल्लो वगर्षको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो। 


चालू खाता घाटामा कमी, शोधनान्तर बचतमा

चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता घाटा २७ अर्ब १८ करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८१ अर्ब ७४ करोड थियो।त्यस्तै शोधनान्तर स्थिति १४ अर्ब ४३ करोड बचतमा छ। गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोड घाटामा थियो।


वैदेशिक लगानी झन्डै तीन अर्बले बढ्यो

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब रुपैयाँ छ। तर, अघिल्लो वर्षको सोही यस्तो लगानी १ अर्ब ५४ करोड मात्र थियो।


विदेशी विनिमय सञ्चिति बढ्यो

देशको विदेशी विनिमय सञ्चिति बढेको छ। चालु आवको पहिलो तीन महिनामा विदेशी विनिमय सञ्चिति १० खर्ब ८७ अर्ब ७३ करोड पुगेको छ। गत वर्षको अन्त्यमा यस्तो सञ्चिति १० खर्ब ३८ अर्ब ९२ करोड थियो। पछिल्लो तीन महिनामा ४.७ प्रतिशतले बढेका छ।

 

प्रकाशित: Nov 21, 2019| 10:02 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्