शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले केही मन्त्री हटाए, केही थपे (सूचीसहित)

प्रधानमन्त्रीले केही मन्त्री हटाए, केही थपे (सूचीसहित)

प्रधानमन्त्री केपीशर्मा ओलीले बुधबार अबेर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

प्रधानमन्त्री केपीशर्मा ओलीले बुधबार अबेर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् ।

triton college

प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी परिवर्तन गरेका छन् ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालयमा पठाएको सूची अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल र उद्योगमन्त्री मातृका यादवलाई मन्त्रीबाट हटाइएको छ।

उनीहरूको ठाउँमा क्रमशः बसन्त नेम्वाङ, हृदयश त्रिपाठी, पार्वत गुरुङ, घनश्याम भुषाल र लेखराज भट्टलाई नियुक्त गरिएको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मा लगाइएको छ भने भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट हटाइएका छन् भने उनको ठाउँमा रामेश्वर राय आएका छन् ।

corrent noodles
Metro Mart

पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, कृषि राज्यमन्त्री रामकुमारी चौधरी र स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव हटाइएका छन् ।

मोती दुगड, रामबीर मानन्धर र नवराज रावत क्रमशः उद्योग तथा वाणिज्य राज्यमन्त्री, सहरी विकास राज्यमन्त्री र स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले राति अबेर मन्त्रिपरिषद् पुनर्गठनको सूचना सार्वजनिक गरेको हो।

नयाँ मन्त्रीहरूले भोलि (बिहीबार)राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिनेछन्। 

 

प्रकाशित: Nov 20, 2019| 17:03 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।