शुक्रबार, वैशाख १४, २०८१

पाँच जनाविरुद्ध विशेषमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

triton college

अख्तियारले साल्ट ट्रेडिङ कर्पोरेशन कार्यालय, विराटनगरका तीन कर्मचारी विरुद्ध रासायनिक मल बिक्रीवापतको १९ लाख सात हजार तीन सय ५० रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

रासायनिक मल भण्डारण शाखाका इन्चार्ज दिलचन्द्र राई, असिस्टेण्ट खगेन्द्र बस्नेत र कर्पोरेसनका तत्कालीन कार्यालय प्रमुख नविनचन्द्र झाविरुद्ध अख्तियारले बुधबार मुद्दा दायर गरेको जानकारी दिएको छ।

अख्तियारले झा, राई र बस्नेतले पदीय दायित्व पूरा नगरी नेपाल सरकार वा सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्‍याएको भन्दै १९ लाख सात हजार तीन सय ५० विगो मागदाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।

यस्तै अख्तियारले नवलपरासीस्थित जनता माध्यमिक विद्यालय सुक्रौलीका विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष पूर्णवासी यादवले अध्यक्ष हुन भारतबाट नक्कली एस.एल.सी.को प्रमाणपत्र बनाई पेश गरेको तथा धनुषाको साविक लक्ष्मी निवास गाविसस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा राहत कोटामा शिक्षिका पदमा कार्यरत संगीता कुमारी महतोले नक्कली अध्यापन अनुमति पत्र पेश गरि जागिर खाएको भन्दै उनीहरुविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

corrent noodles
Metro Mart

प्रकाशित: Nov 20, 2019| 12:48 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।