काठमाडौं- बालुवाटारको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति निवास पुगेका छन्।
मन्त्रिपरिषद्मा हेरफेरका विषयमा जानकारी दिन र नयाँ मन्त्रीहरुको शपथ ग्रहणको समय माग्न नेता द्वय राष्ट्रपति निवास पुगेका हुन्।
आजै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । राष्ट्रपति निवासबाट फर्केपछि नेकपाको सचिवालय बैठक बस्नेछ।
बैठकमा ओलीले मन्त्री हेरफेरको औपचारिक प्रस्ताव पेश गर्नेछन् । प्रस्ताव पारित भएसँगै मन्त्री हेरफेर गरिने छ ।