मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आज मन्‍त्रीहरु फेरिने : यी हुन् बाहिरिने र भित्रिने सम्भावित मन्‍त्रीहरु

आज मन्‍त्रीहरु फेरिने : यी हुन् बाहिरिने र भित्रिने सम्भावित मन्‍त्रीहरु

 प्रधानमन्त्री केपीशर्मा ओलीले बुधबार (आज) मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले ५ देखि १० जना मन्त्रीलाई बिदाइ गर्ने तयारी गरेका छन् । जसमा ...
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडाैं- प्रधानमन्त्री केपीशर्मा ओलीले बुधबार (आज) मन्त्रीहरु हेरफेर गर्ने तयारी गरेका छन् ।

triton college

बुधबार (आज) बस्ने सचिवालय बैठकमा ओलीले औपचारिक रुपमा मन्त्रिपरिषद हेरफेरको प्रस्ताव राख्ने एक नेताले जानकारी दिए।

प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद हेरफेरबारे सहमति भइसकेको छ । सोही सहमतिलाई सचिवालयका तर्फबाट औपचारिकता दिन लागिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाटै उनले मन्त्री हेरफेर गर्न लागेकाले ख्याल गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कुनै सार्वजनिक कार्यक्रममा नजानसमेत निर्देशन दिएका थिए ।

मन्त्रीहरुले नै मन्त्रिमण्डल पुनर्गठनको विषयमा बाहिर भएको हल्ला के हो भनेर प्रश्न गरेपछि ओलीले आफूले त्यसको तयारी गरेको बताएका थिए । उनले सबैजना नफेरिने तर केहि ब्यक्ति भने हेरफेर गर्ने बताएका थिए ।

corrent noodles
Metro Mart

को को मन्त्री बाहिरिँदै छन् ?

स्रोतका अनुसार प्रधानमन्त्री केपीशर्मा ओलीले ५ देखि १० जना मन्त्रीलाई बिदाइ गर्ने तयारी गरेका छन् । जसमा अहिलेसम्म ७ जनाको नाम चर्चामा छ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव,

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ,

कृषिमन्त्री चक्रपाणि खनाल,

महिला बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापा

खेलकुदमन्त्री जगत विश्वकर्मा

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित,

खानेपानीमन्त्री विना मगर ।

यी सात बाहेक अर्थमन्त्री युवराज खतिवडा, श्रममन्त्री गोकर्ण विष्ट र भूमिसुधारमन्त्री पदमा अर्याल पनि बिदा हुनसक्ने सम्भावित सूचीमा छन् । प्रधानमन्त्री केपीशर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गरेको छलफलमा यी नामका विषयमा पनि चर्चा भएको स्रोतले जनाएको छ ।

प्रचण्ड गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र ऊर्जामन्त्री वर्षमान पुनलाई हटाउन नहुने पक्षमा छन् । यी मन्त्रीलाई प्रधानमन्त्री स्वयंले पनि रुचाएका छन् ।

यस्तै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई पनि प्रधानमन्त्री ओलीले रुचाएका छन् ।

यी हुन् मन्त्री बन्नसक्ने सम्भावित अनुहारहरु

नयाँ मन्त्रीहरु भित्र्याउदा महिलाको ठाउँमा महिला, मधेसीको ठाउँमा मधेसी, जनजातिका ठाउँमा जनजातिलाई नै ल्याउने प्रधानमन्त्रीको तयारी छ। यसका लागि उनले अर्का अध्यक्ष प्रचण्डसँग सहमति समेत लिएका छन्।

नयाँ मन्त्रीका रूपमा पूर्वएमालेबाट विष्णु पौडेल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, पार्वत गुरुङ, वसन्त नेम्वाङ, पदम गिरी, प्रेम आले, यज्ञराज सुनुवारको नाम चर्चामा छ ।

यस्तै पूर्वमाओवादी समूहबाट जनार्दन शर्मा, पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट, प्रभु साहलगायतको नाममा छलफल चलिरहेको छ ।

प्रधानमन्त्री ओलीले मंगलबार दिनभर बालुवाटारमा आकांक्षी मन्त्रीहरूसँग एकल तथा सामूहिक भेटघाट गरेका थिए। 

प्रकाशित: Nov 20, 2019| 02:57 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।