शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आज मन्त्रिमण्डल पुनर्गठन हुने : ५ देखि १० मन्त्री फेरिने

आज मन्त्रिमण्डल पुनर्गठन हुने : ५ देखि १० मन्त्री फेरिने

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा आफू रहेको सुनाउँदै कुनै सार्वजनिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई निर्देशन दिएका छन्।
 |  बुधबार, मंसिर ४, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ४, २०७६

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विभिन्न विषयका खबरलाई मुख्य समाचार बनाएका छन् ।

triton college

धेरैजसोले प्रधानमन्त्रीले आज मन्त्रिमण्डल पुर्नगठन गर्न लागेको र कांग्रेसको नजरमा सरकार २१ महिनामा २१ ठाउँमा असफल भएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।

आजको अन्नपूर्ण पोस्ट्ले प्रमुख प्रतिपक्षी कांग्रेसले २१ महिनामा सरकारका २१ असफता औल्याएको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै प्रधानमन्त्रीले आज मन्त्री हेरफेर गर्न लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

यस्तै नागरिक दैनिकले आज मन्त्री हेरफेरः प्रधानमन्त्री शीर्षकमा मुख्य समाचार छापेको छ ।

यस्तै उसले राजधानीमै नक्कली डाक्टर भेटिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । अंगतमणी श्रेष्ठ नामका नक्कली डाक्टर बालिकाको ज्यान गएपछि फरार भएको समाचारमा उल्लेख छ ।

corrent noodles
Metro Mart

आजको कान्तिपुर दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणको विषयतर्फ इंगित गर्दै मुलुकभित्रै सम्भव छ दोस्रो प्रत्यारोपण शीर्षकमा मुख्य समाचार छापेको छ ।

यस्तै सरकारले बहुमतिय आधारमा संवैधानिक नियुक्ति गर्न मिल्ने गरि सरकारले अध्यादेश ल्याउन लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।

नयाँ पत्रिकाले भने कालापानी क्षेत्र फिर्ता गर्न सरकारले खासै कूटनीतिक पहल नगरेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले कालापानी क्षेत्र फिर्ता गर्न सरकारको भूमिकाः प्रतिक्रिया प्रशस्त, कूटनीतिक पहल सुस्त शीर्षकमा खबर छापेको छ ।

५ देखि १० मन्त्री फेरिँदै

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलेको केही दिन भयो। यही कारण सरकारी कामसमेत प्रभावित भएपछि मन्त्रीहरूले नै मंगलबार मुख खोलेर सोधे, ‘प्रधानमन्त्रीज्यू, यथार्थ के हो ? ’

‘हो,’ प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकमा भने, ‘भोलि (बुधबार) कसैले कार्यक्रम नराख्नुहोला। चनाखो भएन, टाढा गयो, यता हेरफेर भयो भने मन्त्रीकै मर्यादाको पनि कुरा हुन्छ। त्यसमा तपाईंहरूले ख्याल गरिदिनुहोला।’

यसले बुधबार मन्त्रिपरिषद् हेरफेर हुने बलियो सम्भावना देखाएको छ।

‘मन्त्रिपरिषद् पुनर्गठनको धेरै पहिलेदेखि चर्चा भएको छ। यस विषयमा मैले पार्टी सचिवालय बैठकमा पनि भनेकै छु। सामान्य हेरफेर हुन्छ। हेरफेर भन्नेबित्तिकै सबै पर्ने कुरा आएन। कतिपय नयाँ साथीलाई अवसर दिन पनि यस्तो गर्नुपर्छ,’ प्रधानमन्त्रीले बैठकमा भनेको उधृत गर्दै एक मन्त्रीले अन्नपूर्णसँग भने, ‘कोही दोहोरिनुहोला, कोही बाहिरिनुहोला, अहिलेसम्म साथ दिनुभयो धन्यवाद। यसलाई अन्यथा नलिइदिनुहोला।’

त्यसअघि मन्त्रीहरूले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए, ‘मन्त्रिपरिषद् पुनर्गठनको विषय के हो ? यो हुन्छ कि हुन्न ? हुन्छ भने गरिहाल्नु पर्‍यो, हुँदैन भने पनि हुँदैन भनेर स्पष्ट पार्नुपर्ने भयो। बाहिर मान्छेहरूले मन्त्रीहरू आजका हुन् कि भोलिका भनेर प्रश्न गर्न थालिसकेका छन्। यसले राम्रो सन्देश गएको छैन।’

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा बैठकमा संकेत गरेको जानकारी दिए। ‘प्रधानमन्त्रीले बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा संकेत गर्नुभएको छ,’ उनले भने।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले एक चरणको सूची तयार पारेका छन्। उनी ५ देखि १० जनासम्म मन्त्री फेर्ने तयारीमा छन्।

बहुमतीय आधारमा संवैधानिक नियुक्ति !

कान्तिपुरमा प्रकाशित समाचारअनुसार सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन आफूअनुकूल बनाउन अध्यादेश ल्याउने भएको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले संवैधानिक पदहरूमा सहमतिको साटो बहुमतीय आधारबाट पनि नियुक्ति गर्न सकिने खुकुलो प्रावधान भएको अध्यादेश ल्याउने निर्णय गरेको हो ।

प्रस्तावित अध्यादेशअनुसार संवैधानिक परिषद्का ६ सदस्यमध्ये अध्यक्षसहित तीनजनाले मात्रै पनि संवैधानिक आयोगका पदाधिकारी नियुक्त गर्न सक्नेछन् । ऐनले बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिकाआधारमा हुने व्यवस्था गरेको छ।

सर्वसम्मति हुन नसकेका विषयमा निर्णय हुन नसक्ने र सम्पूर्ण सदस्यको सहमतिबाटै निर्णय गर्न अर्को बैठक बोलाउनुपर्ने ऐनको प्रावधान छ । त्यसरी बोलाइएको बैठकमा पनि सहमति हुन नसके परिषद्का सबै सदस्यको बहुमतबाट निर्णय गर्नुपर्छ । ऐनमा अध्यक्ष र कम्तीमा चार सदस्य उपस्थित भए मात्रै त्यसलाई गणपूरक संख्या मान्न सकिने प्रावधान रहेकामा सरकारले ल्याउन लागेको अध्यादेशमा अध्यक्षसहित ३ जना मात्रै उपस्थित भए पनि गणपूरक संख्या मान्न सकिने उल्लेख छ ।

सत्ता साझेदार र प्रतिपक्षी दलको आ–आफ्नो दाबी र अडानका कारण संवैधानिक आयोगहरूमा पदपूर्ति गर्न नसकिएपछि अध्यादेशमार्फत ऐन संशोधन गर्न लागिएको एक मन्त्रीले जानकारी दिए ।

 

प्रकाशित: Nov 20, 2019| 01:30 बुधबार, मंसिर ४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।