काठमाडौं- युरोकप-२०२०को छनोट चरणको आफ्नो अन्तिम खेलमा इटालीले अर्मेनियामाथि फराकिलो जित हासिल गरेको छ।
सोमबार राति भएको समूह ‘जे’ अन्तर्गतको खेलमा इटालीले अर्मेनियालाई ९-१ को गोलअन्तरले हराएको हो।
अर्मेनियालाई फराकिलो जित दिलाउन चिरो इमोबिलले र निकोलो जानिओलोले दुई-दुई तथा निकोलो बारेला, एलेसिुओ रोमाग्नोली, जर्जिनिओ, रिकार्दो ओर्सोलिनी र फेडेरिको केइसाले समान एक गोल गरे।
खेलको आठौं मिनेटमा इमोबिलले गोल गर्दै इटालीलाई १-० काे अग्रता दिलाए। त्यसको १ मिनेट बित्न नपाउँदै जानिओलोले गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए। त्यसपछि इटालीले खेलको २९, ३३, ६४, ७२, ७५, ७७ तथा ८१ औं मिनेटमा गोल गर्यो।
अर्मेनियाले खेलको ७९ औं मिनेटमा एक गोल फर्कायो। अर्मेनियाका लागि एड्गर बाबायनले सान्त्वना गोल गरे।
इटालीको यो दोस्रो ठूलो सर्वाधिक जित हो। यसअघि उसले सन् १९४८ मा अमेरिकालाई ९-० ले हराएको थियो।