बिहीबार, वैशाख १३, २०८१

यी नौ मेडिकल कलेजकाे अस्पताल नै गैरकानुनी

 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडाैं- त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त नौ मेडिकल कलेज शिक्षण अस्पताल गैरकानुनी रूपमा सञ्चालनमा छन् । यी कलेजले वातावरणीय प्रभाव मूल्यांकन र भूकम्पप्रतिरोधी भवन प्रमाणीकरण आचारसंहिता पूरा नगरेका हुन् ।

triton college

युनिभर्सल कलेज अफ मेडिकल साइन्स, नेसनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, काठमाडौं मेडिकल कलेज र नेपालगन्ज मेडिकल कलेज स्वास्थ्य मन्त्रालयको स्वीकृतिविना सञ्चालनमा छन् ।

त्यस्तै, चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)अन्तर्गतको त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज), नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, जानकी मेडिकल कलेज र मणिपाल कलेज अफ मेडिकल साइन्स पनि स्वीकृतिविना सञ्चालनमा छन् ।

सरकारले १२ वैशाख ०७२ को भूकम्पपछि आचारसंहिता लागू गरेको थियो । १९ पुस ०७३ को मन्त्रिपरिषद् बैठकले अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई सोही वर्ष फागुन मसान्तसम्म स्वीकृति लिन समय दिएको थियो ।

कलेजहरूले स्वीकृतिका लागि निवेदन दिए पनि भूकम्पमा क्षतिपुगेका भवनहरूमा अस्पताल सञ्चालन गर्ने अवस्था नरहेको तथा उनीहरूले मापदण्ड पूरा नगरेकाले अनुमति दिन नसकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर, गैरकानुनी रूपमा सञ्चालनमा रहेका अस्पताल बन्द नै गर्न सक्ने अवस्था पनि नभएको मन्त्रालयले जनाएको छ ।

corrent noodles
Metro Mart

‘मापदण्ड पूरा नगरेका कारण नौ मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन स्वीकृति पाएका छैनन्,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटाले भने, ‘तर, अहिले सञ्चालनमा रहेका भवनलाई ओके गर्न सक्ने अवस्था छैन, बन्द गर्न पनि सकिँदैन ।’

निर्देशिका जारी हुनुअघि सञ्चालन भएका अस्पताल र मेडिकल कलेजले पनि निर्देशिकाअनुसार पूर्वाधार तयार गर्नुपर्ने हुन्छ । मन्त्रालयले एकपटकमा १ देखि ५ वर्षसम्म सञ्चालन स्वीकृति दिन सक्छ ।

त्यसपछि नवीकरण नगराई गैरकानुनी रूपमा शिक्षण अस्पताल सञ्चालन गरे सम्बन्धन खारेज हुने नियम छ । मन्त्रालय स्रोतका अनुसार स्वीकृति नै नलिई सञ्चालनमा रहनेमा काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पताल पनि छ ।

निर्देशिकाअनुसार नोबेल मेडिकल कलेज र गण्डकी मेडिकल कलेजले केही समयअघि जरिवाना तिरेर नवीकरण गरेका छन् ।

त्यस्तै, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, विराट मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेज र किस्ट मेडिकल कलेजले पनि केही समयअघि सञ्चालन स्वीकृति पाएकाे नयाँ पत्रिकामा खबर प्रकाशित छ । 

नवीकरण नभएका अस्पताल

१. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान

२. जानकी मेडिकल कलेज

३. युनिभर्सल कलेज अफ मेडिकल साइन्स

४. नेसनल मेडिकल कलेज

५. मणिपाल कलेज अफ मेडिकल साइन्स

६. कलेज अफ मेडिकल साइन्स

७. नेपालगन्ज मेडिकल कलेज

८. काठमाडौं मेडिकल कलेज

९. चिकित्साशास्त्र अध्ययन सस्थान आईओएम शिक्षण अस्पताल महाराजगञ्ज

नवीकरण भएका अस्पताल

चितवन मेडिकल कलेज,

गण्डकी मेडिकल कलेज,

नेपाल मेडिकल कलेज,

नोबेल मेडिकल कलेज,

विराट मेडिकल कलेज,

लुम्बिनी मेडिकल कलेज,

देवदह मेडिकल कलेज

र किस्ट मेडिकल कलेज ।

यस्तो छ मापदण्ड

भवनसंहिताअनुसार निर्माण भएको हुनुपर्छ । भूकम्पप्रतिरोधी भएको पुष्टि गर्नुपर्छ ।

वातावरणीय प्रभाव मूल्यांकन परीक्षण हुनुपर्छ ।

महिला र पुरुषको अलग–अलग वार्ड हुनुपर्छ ।

एउटा जनरल वार्डमा बढीमा २५ बेडमात्रै हुनुपर्छ ।

मेजर सर्जरी सेवा दिन अस्पतालमा कार्डियाक मनिटर भेन्टिलेटरसहितको पोस्ट अपरेटिभ रिकभरी बेड हुनुपर्छ ।

हरेक वार्डमा नर्सिङ स्टेसन हुनुपर्छ ।

शवगृह हुनुपर्छ ।

फोहोरमैला व्यवस्थापनका लागि संयन्त्र हुनुपर्छ ।

चट्याङ प्रतिरोधी प्रविधि हुनुपर्छ ।

विपद् व्यवस्थापनको योजना बनाई वर्षमा दुईपटक त्यसको अभ्यास गर्नुपर्छ ।

खाली जग्गा हुनुपर्छ ।

अस्पतालमा भएको कुल सिटको १० प्रतिशत इमर्जेन्सीमा छुट्याउनुपर्छ ।

अस्पताल परिसरमा बगैँचा र वृक्षरोपण गरेको हुनुपर्छ ।

अस्पतालमा क्यान्टिन, सवारीसाधन जाने बाटोबाहेक भित्र जाने र निस्कने छुट्टै बाटो हुनुपर्छ ।

प्रत्येक उपचारकक्षमा अक्सिजन हुनुपर्छ ।

 

प्रकाशित: Nov 19, 2019| 02:00 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।