एजेन्सी- अमेरिकाको क्यालिफोर्नियामा एउटा घरमा बसेर टिभीमा फुटबल म्याच हेरिरहेका युवाहरुमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरु एसियाली मुलका रहेको र उनीहरुको परिचय नखुलेको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन्।
गोली प्रहार गर्ने व्यक्तिको परिचाय खुलेको छैन। १० जनामाथि गोली चलेको र जसमध्ये ३ जनाको घटनास्थलमै तथा एकजनाको अस्पतालमा मृत्यु भएको हो।
बाँकी ६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार एक स्थानीय व्यक्तिले फुटबल म्याच हेर्न आफन्त र साथीभाईलाई घरमा निम्ता दिएका थिए। सोही समयमा गोली चलेको हो।
गोली प्रहारको घटना त्यहाँको स्थानीय समयअनुसार आइतबार साँझ ६ बजे भएको हो। फुटबल म्याच हेर्न ३५ जनाभन्दा बढी जम्मा भएको ठाउँमा गोली चलेको हो।
गोली प्रहारबाट मृत्यु हुनेको उमेर २५ देखि ३५ वर्ष रहेको छ।