शुक्रबार, वैशाख ७, २०८१

प्रदेश १ मा एमालेका १० संसाद एकीकृत समाजवादीमा, आज सनाखत

प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १० जना सासंदहरूजाने भएका छन्।
 |  बुधबार, भदौ १६, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, भदौ १६, २०७८

विराटनगर- प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १० जना सासंदहरूजाने भएका छन्।

triton college

समाजवादी जाने एमाले सांसदहरूको बुधबार प्रदेश निर्वाचन कार्यालय प्रदेश १, विराटनगरमा सनाखत गर्ने तयारी रहेको छ। बुधबार १० जना प्रदेश सांसदहरूले एकीकृत समाजवादीमा सनाखत गर्ने समाजवादी केन्द्रीय सदस्य महेश रेग्मीले जानकारी दिए। ‘आज १० जनाको सनाखत पछि थपिने सांसदहरूको अर्को दिन गरिने छ,’ उनले भने।

एमाले छाडेर प्रदेश सांसदहरू समाजवादीमा थपिने क्रम बढ्ने देखिएको केन्द्रीय सदस्य रेग्मीले बताए। भदौ २२ गतेसम्म दल रोज्न पाइने भएकाले प्रदेश सांसदको संख्या थपिने उनले बताए। रेग्मीका अनुसार बुधबार बिहान साढे ११ बजे निर्वाचन कार्यालय जाने तयारी रहेको छ।

समाजवादीमा बुधबार १० जना सांसदहरूले सनाखत गर्ने गरी आवश्यक कागजात जुटाउने तयारी गरिएको प्रदेश सांसद उपेन्द्र घिमिरेले बताए। उनका अनुसार एकीकृत समाजवादी पक्षमा राजेन्द्र राई, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सरिता थापा खड्का, कृष्णकुमारी राई, सुनिता चौधरी, खिनु लङ्वा लिम्वु, पदमकुमारी गुरुङ र राजन राई छन्।

समाजवादी पार्टी रोज्न खोज्ने १० जनामध्ये केही सांसदहरूलाई एमालेमै रहनका लागि पार्टी नेतृत्वले पहल गरे पनि त्यो सफल हुन सकेन। एमालेका एक केन्द्रीय सदस्यले समाजवादीमा जान खोज्ने सांसदहरूलाई पटक–पटक भेट गर्न, फोन गर्न खोजे पनि सम्पर्क हुन नसकेको बताए।

एमाले विभाजनअघि माधव नेपाल पक्षमा १८ जना सांसद थिए। ८ जना सांसदहरू भीमप्रसाद आचार्य, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, बलबहादुर साम्सोहाङ, लछुमन तिवारी, सावित्री जोशी, होमकुमारी साँवा र यशोदा अधिकारीले एमालेमै रहने भएका छन्। नेता नेपालको साथ छाडेका आचार्य मुख्यमन्त्री र साम्सोहाङ र तिवारी अहिले मन्त्री छन्।

corrent noodles
Metro Mart

समाजवादी पार्टी रोज्न खोज्ने १० जनामध्ये केही सांसदहरूलाई एमालेमै रहनका लागि पार्टी नेतृत्वले पहल गरे पनि त्यो सफल हुन सकेन। एमालेका एक केन्द्रीय सदस्यले समाजवादीमा जान खोज्ने सांसदहरूलाई पटक–पटक भेट गर्न, फोन गर्न खोजे पनि सम्पर्क हुन नसकेको बताए। उनले भने, ‘उहाँहरू कहिले होटल, कहिले घर भनेर भेडेटार जाँदा पनि भेट हुन पाएन।’ समाजवादीमा १० जना सांसद खुल्ने बित्तिकै एमाले नेतृत्वको सरकार अल्पमतमा पर्ने निश्चित छ।

५१ प्रदेश सांसदहरू मध्ये १० जना समाजवादीमा जाने देखिएपछि एमालेले नेपाली कांग्रेसलगायतका साना दलहरूसँगको छलफललाई तीव्रता दिएको छ। एमाले नेतृत्वकै सरकार कायम राख्नका लागि अधिकतम पहल गरिरहेको एमालेका केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालालाई भेट्न उनको घर इनरुवा पुगेका थिए।

कार्कीले भीम आचार्य नेतृत्वको सरकारलाई सहयोग गर्न कोइराला समक्ष आग्रह गरिएको बुझिएको छ। नेता कार्कीले केन्द्रको समीकरण जस्तो प्रदेशमा नहुन पनि सक्ने भन्दै आएका छन्।

एकीकृत समाजवादीले जति सक्दो चाँडो दल दर्ता गरेर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ। एकीकृत समाजवादी नेतृत्वमा सरकार गठन भए राजेन्द्र राई मुख्यमन्त्री हुने सम्भावना देखिएको छ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका ५१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन्।

प्रकाशित: Sep 01, 2021| 08:42 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...