शुक्रबार, वैशाख ७, २०८१

मदिरा पसल बन्द गराउँदा जनकपुरमा तनाव

जनकपुरमा मदिरा बिक्रीवितरण निषेध अभियान सुरु भएको छ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

जनकपुरधाम- जनकपुरमा मदिरा बिक्रीवितरण निषेध अभियान सुरु भएको छ।

triton college

पहिलो चरणमा जनकपुर उपमहानगरपालिका- ७ बाट मिथिला मध्यमा परिक्रमा क्षेत्रभित्रका मदिरा तथा माछामासु पसल बन्द गरिएको छ।
वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले वडास्तरीय निर्णयअनुसार मदिरा र माछा–मासु पसल बन्द गरिएको बताए।

प्रवेश गर्ने मुख्य नाकामै मदिरा र माछा–मासु भएकाले पर्यटक सामुत्रे जनकपुरबारे नकारात्मक सन्देश गएकाले परिक्रमा सडकभित्रका यस्ता पसल बन्द गरिएको वडाअध्यक्ष साहको भनाइ छ।
परिक्रमा सडकभित्रका पसल बन्द गरेर अन्यत्र लान सूचना जारी गरे पनि व्यवसायीले अटेर गरेको वडाध्यक्ष साहको भनाइ छ।
जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता मिश्र र वडाध्यक्ष साहको नेतृत्वमा खटिएको टोलीले मदिरा बिक्री हुने एक दर्जनभन्दा बढी पसलमा ताला लगाएको छ।
पसल बन्द गराउने क्रममा व्यवसायीसँग केहीबेर तनाव भएको थियो।
परिक्रमा सडकभन्दा दुई सय मिटर दुरीमा मात्र मदिरा एवं माछामासु बिक्रीवितरण गर्न सकिने व्यवस्था उपमहानगरपालिकाले गरेको छ।
तर परिक्रमा सडकभित्र दर्जनौं पसल सञ्चालनमा छन्। परिक्रमा सडकभित्रका सबै होटललाई साकाहारी खाना बेच्ने अनुमतिमात्र रहेको उपमहानगरपालिका कार्यालयका कर अधिकृत परमेश झाले बताए।

व्यवसायी भन्छन् : गुण्डागर्दी भयो


मदिरा पसल बन्द गर्ने कार्यप्रति व्यवसायीले आपत्ति जनाएका छन्। पूर्वजानकारी नै गराई उपमेयर तथा वडाध्यक्षको नेतृत्वमा आएको हुलले जबरजस्ती पसल बन्द गर्न लगाएको भन्दै उनीहरुले आपत्ति जनाएका छन्।

वडा नम्बर ७ कै पुरानो बसपार्कमा सिलबन्द मदिराको व्यवसाय गर्दै आइरहेका धनुषा मदिरा व्यवसायी संघका महासचिव राजु कपारले पसल बन्द गराउने नाउँमा तोडफोडमा उत्रिनु गलत रहेको बताए।
अर्का व्यवसायी अखिलेश त्रिपाठीले सरकारलाई भ्याट, अन्तःशुल्क तिरेर नियमसम्मत तरिकाले व्यवसाय गरिरहे पनि जबरजस्ती पसल बन्द गराइएको बताए।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 17, 2019| 10:58 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।