बिहीबार, वैशाख १३, २०८१

धरानमा उपचुनाव : मेयरमा लाहुरेबीच प्रतिस्पर्धा

सत्तारूढ नेकपाका मेयर पदका उम्मेदवार प्रकाश राई र कांग्रेस उम्मेदवार तिलक राई दुवै लाहुरेका छोरा हुन्।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

धरान- धरान, लाहुरेको सहर। बेलायती सेनाको भर्ती केन्द्र र भारतीय गोर्खा सेनाको पेन्सन पेयिङ अफिस तथा छनोट केन्द्र धरानमै छन्। भौतिक विकासमा पनि लाहुरेको धेरै योगदान छ।

triton college

मंसिर १४ गते हुन लागेको उपचुनावमा उठेका उम्मेदवारको पृष्ठभूमिले धरान लाहुरेको सहर भएको पुष्टि हुन्छ। सत्तारूढ नेकपाका मेयर पदका उम्मेदवार प्रकाश राई र कांग्रेस उम्मेदवार तिलक राई दुवै लाहुरेका छोरा हुन्।

यस्तै दुई भूपू लाहुरे पनि मेयरका उम्मेदवार छन्। समाजवादी पार्टीबाट गजेन्द्र इस्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चबाट उम्मेदवार बनेका अमर इजम भूपू गोर्खा सैनिक हुन्।

२०३४ देखि २०४९ सम्म बेलायती सेनामा कार्यरत गजेन्द्र इस्बोले धरानलाई लाहुरेकै नेतृत्व दिन उम्मेदवारी दिएको बताए। विभिन्न सामाजिक काममा नेतृत्वदायी खेलेका इस्बोले धरानलाई शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन हब बनाउन पहिलोपटक सार्वजनिक पदमा उठेको बताए।

इस्बोले भने, ‘सुकुम्बासीदेखि बौद्धिक हुँदै व्यावसायिक सबै खालका मान्छेको हितमा काम गर्ने खालका विकासका पूर्वाधार र नीति निर्माणका लागि मेरो उम्मेदवारी हो।’

corrent noodles
Metro Mart

सन् २०१३ मा भारतीय गोर्खा सैनिकबाट अवकाश पाएका अमर इजम संघीय लिम्बुवानका सुनसरी अध्यक्षसमेत हुन्। उनले विजयपुर धरानलाई प्रदेश राजधानी बनाउने प्रमुख मुद्दा रहेको बताए।

इजमले स्थानीय चुनावमा समानुपातिक प्रणाली लागू गर्न तथा बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्थानीय कोटा सुनिश्चित गर्नसमेत आफूले उम्मेदवारी दिएको बताए।

एकै पृष्ठभूमिका दुई उम्मेदवार हुँदा चुनावमा असर गर्दैन भन्ने प्रश्नमा इस्बोले एकता प्रयास भए पनि विभिन्न कारणले हुन नसकेको बताए।

उनले भने, ‘मेरो उम्मेदवार फाइनल भएपछि मात्रै अर्का लाहुरे उम्मेदवारको फाइनल भएको हो।’ सहकार्यको प्रयास भए पनि समय थोरै भएकाले चुनावमा होमिनुपर्ने भएको इस्बोले बताए।

२०७५ साउन १ मा उपचारका क्रममा धरानका मेयर तारा सुब्बाको निधन भएपछि मेयरका लागि उपनिर्वाचन हुँदै छ। मेयरमा ११ दल र विभिन्न स्वतन्त्र गरेर २३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ।

आगामी मंसिर १४ को धरानको उपनिर्वाचनमा मतदाता संख्या ९२ हजार ८ सय ५३ छ। २०७४ असार १४ को स्थानीय तहको चुनावमा भएको मतदाता संख्या भन्दा यो १३ हजार ५ सय ५६ बढी हो।

प्रकाशित: Nov 17, 2019| 10:42 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।