काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह बस्ने भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्थाबारे छलफल हुनुका साथै सरकार र पार्टीमा जिम्मेवारी बाँडफाँडबारे छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीको पुनः मिर्गौला प्रत्यारोपण गर्ने चर्चा चलिरहेको बेला सचिवालय बैठकले सरकार र पार्टीको जिम्मेवारीका विषयमा टुंगो लगाउने प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।
उनका अनुसार आजको बैठकले पोलिटव्यूरो गठनको प्रक्रियालाई पनि अगाडि बढाउनेछ । प्रधानमन्त्री ओलीलाई अब आराम चाहिएकाले पार्टी सञ्चालनको जिम्मेवारीका विषयमा पनि बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।