भारतीय वित्तमन्त्री निर्मला सीतारमणले एयर इन्डिया र भारत पेट्रोलियम आगामी मार्चभित्रमा बेच्ने बताएकी छन् । एयर इन्डिया सरकारी एयरलाइन्स कम्पनी हो भने भारत पेट्रोलियम सरकारी तेल रिफाइनरी कम्पनी ।
भारतीय वित्तमन्त्री सीतारमणले टाइम्स अफ इन्डियालाई अन्तर्वार्ता दिँदै मार्चभित्रमा दुवै कम्पनी बेच्ने प्रक्रिया पूरा हुने बताएकी छन् । दुई कम्पनी बेच्दा यो आर्थिक वर्षमा भारतलाई एक लाख करोड भारु फाइदा हुने पनि उनले जनाएकी छन् ।
भारत सरकारले गत वर्ष पनि एयर इन्डिया बेच्ने योजना बनाएको थियो तर लगानीकर्ताले त्यसमा रुची देखाएनन् । यस वर्ष भने लगानीकर्ताले उत्साह देखाएको बताइएको छ ।
बीबीसी