बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश प्रमुख भन्छन्- 'अरुमाथि औंला ठड्याएर आफु चोखो भइन्न'

प्रदेश प्रमुख भन्छन्- 'अरुमाथि औंला ठड्याएर आफु चोखो भइन्न'

प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले अरुलाई गाली गरेर आफू चोखिने परम्परा अन्त्य गर्नुपर्ने बताएका छन् ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

जनकपुरधाम- प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले अरुलाई गाली गरेर आफू चोखिने परम्परा अन्त्य गर्नुपर्ने बताएका छन् । आफू चोखिन अरुलाई गाली गर्ने बानिले मुलुक र प्रदेशको समृद्धि हुन नसक्ने जिकिर गरेका छन् ।

triton college

जनकपुरमा शनिबार आयोजित धनुषा च्याम्बर्स अफ कमर्सको प्रथम वार्षिकोत्सव एवं दोस्रो साधारणसभामा बोल्दै प्रदेश प्रमुख परियारले जनताले चुनेको प्रतिनिधिको हैसियतले आफैपनि काम गर्नुपर्ने आँट राख्न सुझाएका छन् ।


परियारअघि कार्यक्रममा बोलेका प्रदेश २ राजपाका प्रमुख सचेतक परमेश्वर साह र समाजवादी पार्टीका संसदीय दलका उपनेता रामअशिष यादवले प्रदेशप्रति संघीय सरकारको भेदभाव अझै कायम रहेको बताएका थिए ।

प्रदेश प्रमुख परियारले संघीयतालाई बुझ्न नसके प्रदेशले संघीय र स्थानीय तहले प्रदेश सरकारलाई गाली गरेर आफू चोखो हुने काममात्र गर्ने बताए ।

‘अरुलाई गाली गरेर आफू चोखिन सकित्र, समय परिवर्तन भइसकेको छ,’ उनले भने,‘जनताको प्रतिनिधिको हैसियतले आफुपनि केही गर्नसक्ने आँट राख्नुपर्दछ ।’

corrent noodles
Metro Mart

तराई, मधेश र हिमाललाई अलग बनाएर हेर्ने दृष्टिकोण परिवर्तन गर्नसमेत उनले आग्रह गरेका छन् । ‘नेपाल सबैको साझा मुलुक हो । तराई, मधेश र हिमाललाई छुट्टाछुट्टै हेर्ने दृष्टिकोण फेरिनु पर्दछ,’ परियारले थपे,‘दृष्टिकोण परिवर्तन नभए बाह्य शक्ति हावी हुने सम्भावना बढ्ेर जान्छ ।’

प्रदेश २ को सफलताको लागि सबै राजनीतिक शक्ति एक ढिक्का हुनुको विकल्प नरहेको उनको भनाइ थियो । केन्द्र र प्रदेश एक एकजुट भएर अगाडी बढेमात्र देशको विकास सम्भव रहेको परियारले बताए ।

राजपाका प्रमुख सचेतक परमेश्वर साहले संघीय सरकारको गलत नीतिका कारण अर्थतन्त्र धाराशायी अवस्थामा पुगिसकेको आरोप लगाए । प्रदेश २ ले पाँच खर्बभन्दा बढी राजश्व बुझाएपनि १५ अर्ब बजेटमात्र पाउनु दुर्भाग्यपूर्ण रहेको उनले उल्लेख गरे ।

यसैगरी समाजवादी पार्टीका संसदीय दलका उपनेता रामअशिष यादवले संघीय सरकारले उद्योगमैत्री वातावारण निर्माण गर्न नसक्दा उद्योगीहरु पलायनको अवस्थामा पुगेको बताए । बलियो अर्थतन्त्रका लागि संघीय सरकारले ठोस नीति ल्याउनुपर्ने उनको भनाइ थियो ।

च्याम्बर अफ कमर्सका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले मुलुकमा लोकतन्त्र र गणतन्त्र आएपनि अर्थतन्त्र आउन नसकेको गुनासो गरे । १० वर्षभित्र व्यापार घाटा तीन गुणाले बढ्नु दुर्भाग्यपूर्ण अवस्था रहेको उनको भनाइ थियो ।

धनुषा च्याम्बर अफ कमर्सका अध्यक्ष विजयकुमार साहको अध्यक्षतामा सम्पत्र भएको कार्यक्रममा जनकपुरका पूर्व मेयर बजरंगप्रसाद साह, वरिष्ठ पत्रकार राजेश्वर नेपाली, कांग्रेस नेता मनोज साहलगायतका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित: Nov 17, 2019| 03:46 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।