हेटौँडा- मकवानपुरमा रहेको भीमफेदी कारागारबाट एक जना कैदी फरार भएका छन ।
चितवन घर भएका ३० वर्षीय कुलदिप राज धामी (चौधरी) शनिबार राति जेलबाट भागेको जेलर प्रकाश खनालले बताए । धामी कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिराखेका थिए ।
कारागारभित्र सीसीटीभी जडान गरिएपनि सीसीटीभीले नभेट्ने स्थानबाट उनी भागेको जेलर खनालले जानकारी दिए । उनका अनुसार फरार कैदी राति ९/१० बजेको हाराहारीमा भागेका हुन् ।
भरतपुर जेलबाट १५ महिना अघि भीमफेदी कारागार आएका धामी क्षेत्रीय कारागार भीमफेदीको क ब्लकको सह–नाईके समेत थिए ।
फरार कैदीको तीव्र रुपमा खोजी भइरहेको जेल प्रशासनले जनाएको छ ।